काठमाडौ । बैंकहरुले जलविद्युत् आयोजनालाई ऋण पत्याउन छाडेका छन् । समयमै आयोजना नबनेमा ऋण र सोको ब्याज नउठ्ने सन्त्रासले बैंकहरुले जलविद्युत् आयोजनामा लगानी गर्न हिच्किच्याइरहेका छन् । दोलखा र रामेछापमा निर्माण शुरु हुन लागेको ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनाले यस्तै मार खेप्नु परेको छ । लगानीकर्ता पिपुल्स हाइड्रोपावर लिमिटेडले खिम्ती–२ बनाउन इन्जिनिरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा चाइनाको चोङजिङ वाटर टर्बाइन वक्र्स (सीडब्लूटीडब्लू) कम्पनीसँग २ वर्षअघि ८ अर्ब ८० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सो अनुसार आयोजना बनाउन कम्पनीले स्रोत, उपकरण, जनशक्ति लगानी आफैं लगाउनुपर्छ । त्यसका लागि निर्माण अघि नै पेश्कीबापत कम्पनीलाई आयोजनाले १० प्रतिशत रकम भुक्तानी दिनुपर्छ । उक्त पेश्की रकम भुक्तानी दिन नसक्दा आयोजना निर्माण सुरु हुन सकेको छैन् ।सम्झौता रकमको १० प्रतिशत अर्थात ८८ करोड रुपैयाँ जुटाउन आयोजना पक्ष विभिन्न बैंकमा धाइरहेका छन् । तर, बैंकहरुले ऋण नपत्याउँदा आयोजना निर्माण सुरु हुन सकेको छैन । कम्पनीसँग पछिल्लो सम्झौताअनुसार, २०७६ कात्तिकमा आयोजना सुरु हुनुपर्ने हो । तर, ‘फाइनासिङ क्राइसिस’ का कारण आयोजना समयमै सुरु हुन नसकेको कम्पनीका इन्जिनियर रामहरी शर्माले बताए ।‘खिम्ती–२ मा ‘फाइनान्सिङ क्राइसिस’ को समस्याले आयोजना सुरु गर्न ढिलाइ भएको हो’ उनले भने, ‘पेश्की रकम भुक्तानीका लागि बैंकसँग ऋण लिने प्रक्रिया अघि बढाइयो । तर, बैंकहरु ऋण प्रवाहमा अनिच्छुक छन् । यसले पनि आयोजनालाई अप्ठ्यारो पारेको हो ।’ पेश्कीबापत दिने एकमुष्ठ रकम नजुटेपछि आयोजनाले किस्ताबन्दीमा भुक्तानी पठाइरहेको उनले जानकारी दिए । दुइखण्डमा दिने गरी पहिलो चरणमा ४५र५० करोड पेश्की रकम प्रबद्र्धक कम्पनीले पठाएको छ ।
एकमुष्ठ पेश्की नपाएपछि ठेकेदार कम्पनीले पनि आयोजनाको सबै क्षेत्रको काम अघि बढाएको छैन् । ‘५र५ प्रतिशतमा पहिलो चरणमा ४०र४५ रुपैयाँ पठाउनुपर्ने मध्ये हामीसँग पैसा नहुँदा पूरै पैसा पठाइएको छैन् । पहिलो ५ प्रतिशत पनि दुइचरणमा दिनुपर्ने अवस्था छ ।’आयोजनामा सानिमा बैंकको अगुवाइमा ९ बैंकले वित्तीय व्यवस्थापन गर्नुपर्छ । तर, ऋण उपलव्ध गराउन ‘प्रोसेस’ गरेपनि बैंकले चासो दिन नसकेको आयोजना पक्षको जिकिर छ । यता, नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत ( सीइओ) भुवन दाहालले लगानी गर्ने प्रतिवद्धता जनाएका क्षेत्रमा कुनै समस्या नरहेको बताए । खिम्ती–२ जलविद्युत्मा आफ्नो बैंकको समस्या नभएको उनको जिकिर छ ।‘हामी जुन कुरामा प्रतिवद्ध थियौं । त्यसमा अहिले पनि प्रतिवद्ध छौं । कुनै समस्या छैन्न, हामी अरु बैंक तथा ग्राहकसँगपनि सहकार्य गरिरहेका छौं’ उनले क्यापिटल नेपालसंग भने ।
ठेकेदारले क्याम्प समेत बनाएन्
चिनियाँ कम्पनीले आयोजना निर्माण सुरु गर्नु त परको कुरा हो, अहिलेसम्म ‘क्याम्प’ समेत बनाएको छैन् । ठेकेदार कम्पनी सीडब्लूटीब्लूले ४ ओटा क्याम्प बनाउनु पर्छ । तर, क्याम्प निर्माण बल्ल सुरु गर्ने तरखरमा छ ।यता, आयोजना प्रवद्र्धनक कम्पनीले भने आफ्ना १५ ओटा क्याम्प खडा गरिसकेको छ । क्याम्प खडा हुने जग्गा व्यवस्थापन भएको छ । ठेकेदारले क्याम्प बनाउन उपकरण तथा मेसिन ल्याउने तयारी गरेको आयोजनाले जनाएको छ ।
आयोजना लम्बिने संकेत
आयोजनाले वि.सं २०७३ मा निर्माण अनुमतिपत्र (लाइसेन्स) पाएको थियो । चिनियाँ ठेकेदारसँग यसअघि २०७५ बैशाख मै आयोजना सुरु गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भएको डेढ बर्ष बित्दा पनि आयोजनाको मुख्य काम चिनियाँ कम्पनीले सुरु गरेको छैन् । पटक पटक म्याद थप गरी आयोजना लम्ब्याइएको छ । पछिल्लो पटक कात्तिकमा आयोजना सुरु गर्ने म्याद पनि गुजिसक्यो । तर, काम अहिले सम्म पनि अघि बढेन् । यता, आयोजना आगामी २०७७ चैत मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सम्झौता छ ।
के काम भयो ?
अहिले आयोजनाको ‘प्रि कन्ट्रक्सन’ का सबैजसो काम सम्पन्न हुने चरणमा छन् । हालसम्म आयोजनाको साइटसम्म बाटो पुग्ने १०र१० किलोमिटर बाटो र ट्रान्समिस लाइन बनेको छ । ३ ओटा पुल पनि यसअघि नै बनिसके । १५ ओटा क्याम्प, खानेपानी आपूर्ति व्यवस्था, स्थानीय सडक स्तरोन्नती तथा विस्तार लगायतका कामहरु पूरा भएका छन् ।
साभार क्यापिटक अनलाइनमा
Be the first to comment on "बैंकहरुले नपत्याएपछि खिम्ती–२ जलविद्युत आयोजना,निर्माण सुरु हुन सकेन"