पत्रकार जिरेल सम्मानीत

चरिकोट –दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ५ मैनापोखरीमा रहेको जनमुखी सहकारीको २२ साधारण सभामा पत्रकार प्रभु जिरेल सम्मानीत भएका छन । पत्रकारीताको माध्यमबाट सहकारीलाई सहयोग गरेको भन्दै उनी शनिबार सम्मानीत भएका हुन । साधारण सभाको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेले उद्धघाटन गर्दै सहकारी अभियानको प्रमुख थलो बैतेश्वर गाउँपालिकाले सहकारीको पैसाबाट उत्पादन मुखी र आयआर्जन तर्फ लगानी गर्नुपर्ने बताए । । सहकारीले २ करोड भन्दा बढी नाफा कमाउन सफल भएको छ । संस्थाको २२ औ साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदनमा २ करोड ६२ लाख ३१ हजार २ सय खुद नाफा कमाउन सफल भएको जनाइएको छ । संस्थाका अध्यक्ष सिताराम दाहालको अध्यक्षतामा भएको साधारणसभामा संस्थाको संञ्चालक समितिको प्रतिबेदन सहसचिव राजन केसीले प्रस्तुत गरेका थिए । सहकारीको आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मण चौलागाईंले २०७५÷०७६को प्रगति प्रतिवेदन गरेका थिए ।सहकारीले २२औ बर्षमा आइपुग्दा सिङ्गो दोलखा जिल्लालाई समेटेर कारोबार गर्दै आएको छ । संस्थाको कुल पुर्जी ७६ करोड १९ लाख ६६ हजार ८ सय रहेकोे संस्थाका कोषाध्यक्ष लक्ष्मण चौलागाईंले जानकारी दिए । दोलखाको पश्चिमी क्षेत्र लामोसांघु जिरी सडकको मुख्य सडक क्षेत्रमा रहेको मैनापोखरी बजारमा आफ्नै भवन निर्माणगरि मुख्य कार्यालय राखेर ३६५ दिनै सेवा प्रधान गर्दै आएको छ। सहकारीको सेयर पुर्जी ७ करोड ९ लाख ७५ हजार पाँच सय पुगेको छ ।

Shares

Be the first to comment on "पत्रकार जिरेल सम्मानीत"

Leave a comment

Your email address will not be published.


*