काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४७ हजार दुई सय ३६ पुगेकाे छ । गएको २४ घण्टामा नाै सय ७९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लाे २४ घण्टामा नाै हजार दुई सय १८ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा नाै सय ७९ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे हाे । यस्तै गएको २४ घण्टामा एक हजार सात सय ३६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ३० हजार ६ सय ७७ जना पुगेको छ ।
अब नेपालमा १७ हजार दुई सय ५९ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार सात सय ३९ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
कोरोनाबाट थप ११ को मृत्यु : मृतकको संख्या ३०० पुग्यो
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। आइतबार मात्रै ९ जनाको कोरोनाबाट मृत्यु थियो।
पछिल्लो २४ घण्टामा मात्रै ९७९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ। सोमबार संक्रमितमा हुनेमा महिला र पुरुष छन्। आइतबार मात्रै २९० महिला र ६९० पुरुष गरी ९८० जनामा संक्रमण देखिएको थियो।
१६ हजार २५९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार ९ हजार ७९ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार १९० छन्। क्वारेन्टाइनमा ४ हजार ७३९ जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ हजार २१८ नमूनाको पीसीआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ७३६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ छ। यो ६५ प्रतिशत हो। यस्तै मन्त्रालयका अनुसार १७१ जनाको आइसीयूमा उपचार भइरहेको छ भने २० भेन्टिलेटरमा छन्।
Be the first to comment on "९७९ जनामा काेराेना पुष्टि"