९० जना महिलालाई उद्यमी बनाउदैँ भीमेश्वर नगरपालिका

इश्वर बिश्वकर्मा –दोलखाको भीमेश्वर नगपालिकाले चालु आवमा ९० जना महिलालाई उद्यमी बनाउने भएको छ ।
९ वटा वडा रहेको पालिकामा प्रत्येक वडामा १०–१० जना गरि ९० जना महिलालाई उद्यमी बनाउने भएको हो ।
महिला उद्यमी विकास गर्न नगरपालिकाले विभिन्न तालिम सहित अनुदान लागि ५ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरेको नगर उपप्रमुख कमला बस्नेतले बताइन् । महिलालाई सीप सिकाउदैँ उद्यमी बनाउने योजना अनुरुप नगरपालिकाले सिलाई बुनाइ, मोबाइल मर्मत, ढाका, खादा बुटिक, व्युटिपार्लर लगायतका तालिम प्रदान गरिने उनले बताइन् । उपप्रमुख बस्नेतका अनुसार महिलाको जन चाहना अनुसार तालिमको व्यवस्था गरिने उद्यमी बन्नको लागि प्रोत्साहन पनि गरिनेछ । आफुले कुन् उद्यम गर्दा उचित हुन्छ भन्ने कुरालाई मध्यनजर गरि सोही अनुसारको सीप तथा क्षमता अभिबृद्धि गरेर उद्यमबाट सोचेअनुरुप दिगो रुपमा आम्दानी लिन सकिन्छ । महिलालाई उद्यमी बनाउन सकेको खण्डमा नगरको सम्बृद्ध बन्ने लक्ष्य हासिल हुन सक्ने भएकोले नगरपालिकाले यसको निम्ति प्रतिबद्ध भएर लागि परेको नगर उपप्रमुख बस्नेतले बताइन् । “महिलाहरु आर्थिक रुपमा सक्षम हुनका लागि घरेलु तथा साना उद्योग सञ्चालन गर्नूपर्छ ।” उनले भनिन् “उद्योग सञ्चालन भएको खण्डमा नगरपालिकाले आयात होइन हरेको सामानको निर्यात गर्नेछ । जसले गर्दा नगरको विकासमा एक किसिमको आयाम थपिने छ ।“ महिलाहरु आर्थिक रुपमा सक्षम भएको खण्डमा महिला माथी हुने घरेलु हिंसा पनि न्युनिकरण हुने उनले जिकिर गरेकी छन्

Shares

Be the first to comment on "९० जना महिलालाई उद्यमी बनाउदैँ भीमेश्वर नगरपालिका"

Leave a comment

Your email address will not be published.


*