७६ जनाद्धारा रक्तदान

दीक्षण समाचार
चरिकोट, जेठ २१

दोलखाको सदरमुकाम चरिकोटमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगत आपूर्ति सहज बनाउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी दोलखा र रक्तसञ्चार केन्द्र चरिकोटको समन्वयमा सिन्धु विकास बैँक लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा ७६ जनाले रक्तदान गरेका नेपाल रेडक्रस सोसाइटीका सभापति गोकर्ण प्रसाद पोखरेलले बताउनुभयो ।
रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले सामाजिक दायित्व बहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । नियमित रक्तदान कार्यक्रम नभए रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन जान्छ । रगत अभावले शल्यक्रिया गर्नुपर्ने सुत्केरीसहित विभिन्न दुर्घाटनामा परेका गम्भीर प्रकृतिका बिरामीलाई उपचारमा समस्या हुन्छ । समयमैँ रगत नपाई उपचार प्रभावित हुँदा बिरामीको ज्यानै जोखिममा पर्छ । त्यसैले कोहीकसैले पनि जोखिममा पर्नु नपरोस्, भन्ने उद्देश्यले मानवीय सहयोगका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । जिल्लामा विभिन्न संघसंस्था र कार्यालयले वार्षीक कार्यतालिका अनुसार रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।

Shares

Be the first to comment on "७६ जनाद्धारा रक्तदान"

Leave a comment

Your email address will not be published.


*