५ दिनमै उठ्यो, दोलखाबाट ४१ करोड

दोलखा,्साउन– अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीको लागि दोलखाबासीबाट ५ दिनमै ४१ करोड संकलन भएको छ । दोलखाबासीलाई अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले माथिल्लो तामाकोसी जलविद्युत आयोजना प्रभावितका लागि एक हप्तादेखि सेयर संकलन सुरु भएको छ । ५ दिनमै ४० करोठ ७७ लाख बराबरको सेयर संकलन भएको हो ।
अघिल्लो बुधबारदेखि लामो प्रतिक्षा र बहसपछि १ अर्ब ५ करोड ९० लाख बराबरको सेयर संकलन दोलखा र काठमाडौंबाट सुरु भएको छ । दोलखाका २६ र काठमाडौंका ११ वटा संकलन केन्द्रबाट सेयर संकलन जारी छ । तर सबैभन्दा बढी काठमाडौंबाट सेयरमा आवेदन परेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।
उनका अनुसार सोमबारसम्म १७ हजार २ सय ३० जनाले आवेदन दिएका छन् । त्यसमध्ये दोलखाका २६ संकलन केन्द्रमा २ हजार २ ३० जनाले ४ करोड ७८ लाख बराबरको आवेदन गरेका छन् । बाँकी आवेदन काठमाडौंबाटै परेको हो । सेयर निष्कासन तथा विक्रि प्रबन्धक नागरिक लगानी कोषका प्रबन्धक रोशन दंगालले काठमाडौंका ११ वटै संकलन केन्द्रमा सुरुदेखि नै दोलखालीहरुको भीड लागेको जानकारी दिए । काठमाडौंमा सनराइज बैंकका ११ वटा शाखालाई संकलन केन्द्रको जिम्मेवारी दिएको छ ।
सेयरमा आवेदन दिनेको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । काठमाडौंमा भने १० दिनका लागि मात्र संकलनका लागि तोकिएकाले पनि काठमाडौंमा भीड देखिएको हुनसक्ने कोषका सेयर विश्लेसक समेत रहेका प्रबन्धक दंगालले अनुमान गरे । १० दिनसम्म आवेदन नगर्ने काठमाडौंमा बसोबास गर्नेहरु भने दोलखा नै जानुपर्ने बताए । दोलखामा भने भदौ १४ गतेसम्म सेयर संकलन हुन्छ ।
दोलखामा भने स्थानीय जनप्रतिनिधिहरुले बैंकसँगको समन्वयमा स्थानीयस्तरमै सेयर भर्ने व्यवस्था गरेका छन् । धेरै आवेदन फाराम गाउँ गए तापनि भरेर बैंकमा भदौ लागेपछि मात्र फर्कने अनुमान छ । गाउँ गाउँबाटै सेयर भर्ने व्यवस्था भएपछि बैंकमा भीडभाड कम देखिएको हुनसक्ने महालक्ष्मी विकास बैंक चरिकोटका प्रबन्धक विश्वास पाण्डेले अनुमान गरे ।
अहिलेसम्म आवेदन गर्नेहरु अधिकाँशले अधिकतम सिमा ३० हजार बराबरकै सेयरमा आवेदन गरेका छन् । ३० हजारको आवेदन गर्नेहरु पनि काठमाडौंमा बसोबास गर्नेहरु नै बढी देखिन्छ । आयोजनाका प्रवक्ता. डा. न्यौपानेले अहिलेको आवेदन औसतमा २२ हजार प्रतिव्यक्ति परेको बताए । यही अनुपातमा आवेदन भए यही साता नै माग बराबरको आवेदन पर्ने अनुमान गरे । अहिलेसम्म जिल्लामा ९० हजार र काठमाडौंमा ५० हजार फाराम संकलन केन्द्रमा माग भएको छ ।
अप्पर तामाकोसीको सेयर जलविद्युत आयोजनाको अहिलेसम्मको सबैभन्दा ठूलो सेयर हो । सरकारले समेत यसलाई उच्च प्राथमिकता दिंदै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन स्वयम् दोलखा आएर संकलनको सुभारम्भ गरेका छन् । स्थानीयका लागि वितरण भएको सेयरमा यो नै सबैभन्दा बढी विक्री हुने अनुमान छ ।

Shares

Be the first to comment on "५ दिनमै उठ्यो, दोलखाबाट ४१ करोड"

Leave a comment

Your email address will not be published.


*