५५० लिटर अवैध मदिरा नष्ट

दीक्षण समाचार
चरिकोट, २२ असोज
‘अवैध घरेलु मदिरा नियन्त्रण अभियान’ अन्तर्गत जिल्ला प्रहरी कार्यालयले सोमबार भीमेश्वर नगरपालिका वडा नं. ३ र ६ चरिकोट आसपासबाट ५५० लिटर अवैध मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला दोलखा भिमेश्वर नगरपालिका वडा नं.३ र ६ स्थित विभीन्न व्यक्तिको भट्टी पसल तथा भट्टीहरुबाट अवैध रुपमा उत्पादन गरी विक्रि वितरणको लागि राखिएको तयारी घरेलु मदिर तथा यसको कच्चा पदार्थ ३ हजार २ सय के.जी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता माधव काफ्लेले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएको मदिरा र कच्चा पदार्थ स्थानीय बुद्धिजिवी, भद्रभलाद्मी, समाजसेवीको रोहवरमा नष्ट गरिएको उनले जानकारी दिए ।

Shares

Be the first to comment on "५५० लिटर अवैध मदिरा नष्ट"

Leave a comment

Your email address will not be published.


*