४० वर्षमा चीन कसरी बन्यो विश्वकै शक्तिशाली राष्ट्र ?

बीबीसी । चीनमा माओत्से तुङपछि आर्थिक क्रान्ति लाउने श्रेय देङ स्याओ पिङलाई जान्छ । स्याओपिङले सन् १९७८ मा शुरुआत गरेको आर्थिक क्रान्ति ४० वर्ष पूरा भएको छ । श्याओपिङले यसलाई चीनको दोस्रो क्रान्ति भन्दथे ।

यही आर्थिक सुधारपछि चीनले विश्वकै सबैभन्दा ठूलो अर्थव्यवस्थामा मजबुत असर देखाएको छ । आजको मितिमा चीनसँग विश्वकै सबैभन्दा बढी विदेशी मुद्रा भण्डार (३.१२ खर्ब डलर) छ ।

जीडीपी (११ खर्ब डलर) को आकार मामिलामा दोस्रो ठूलो राष्ट्र हो चीन । त्यस्तै प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्नमा चीनले विश्वमा तेस्रो स्थान सुरक्षित गरेको छ । श्याओपिङले आर्थिक सुधार गर्दा विश्व अर्थव्यवस्थामा चीन झण्डै १.८ प्रतिशत थियो, जुन २०१७ मा १८.२ प्रतिशत पुगिसकेको छ ।

चीनलाई शक्तिशाली बनाउनेमा तीन जना नेताहरुको नाम स्मरण गरिन्छ– माओत्से तुङ, देङ श्याओपिङ र वर्तमान नेता शी जिनपिङ । श्याओपिङको आर्थिक क्रान्तिको ४० वर्षपछि एक पटक फेरि चीन शी जिनपिङ जस्ता मजबुत नेताको अगुवाईमा अगाडि बढी रहेको छ ।

शी जिनपिङ चीनको अर्थव्यवस्थालाई अझै प्रभवकारी बनाउन म्यान्युफ्याक्चरिङ मामिलामा सुपरपावर बनाउन चाहन्छन् । त्यसका लागि जिनपिङ  श्याओपिङको नीतिहरुलाई अगाडि बढाइरहेका छन् । जसमा अर्थव्यवस्था खुलाउने र आर्थिक सुधार जस्ता कदम समावेश छन् ।

चीनले अर्थव्यवस्था मजबुत बनाउन घरेलु अर्थव्यवस्थामा क्रमिक सुधारको  प्रक्रिया शुरू गरेको थियो । उसले बजारप्रतिको भरोसालाई छोडिदिएको थियो । चीनले आफ्नो अर्थव्यवस्थामा सुधार ल्याउनका लागि विदेशी लगानी लगाउने  अथवा नलगाउने भन्ने विषयमा टुंगो लगाएको थियो । यसका लागि चीनले विशेष आर्थिक क्षेत्रको निर्माण गरेको थियो भने विशेष आर्थिक क्षेत्रका लागि दक्षिणी तटीय प्रान्तहरु चयन गरेको थियो ।

श्याओपिङले शुरुआत गरेको सामाजिक आर्थिक सुधारको उदाहरण मानवीय इतिहाससँग मेल खाँदैनथ्यो । चीनको जीडीपी १९७८ देखि २०१६ को बीचमा ३,२३० प्रतिशत बढेको थियो । यसै दौरान ७० करोड मानिसहरुलाई गरिबीको रेखाबाट माथि उकासिएको थियो भने ३८.५ करोड मानिसहरु मध्यम वर्गमा समावेश भएका थिए ।

सोही अर्थ नीतिका कारण चीनको विदेशी व्यापार १७,५०० प्रतिशत बढ्यो भने २०१५ सम्म चीन विदेशी व्यापारमा विश्वकै अगुवा राष्ट्र बनेर उदायो । १९७८ मा चीनले एक वर्षमा गरेको व्यापार अहिले दुई दिनमा गरिरहेको छ ।

चीनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को सामूहिक नेतृत्वको सहारामा श्याओपिङले चीनमा सामाजिक आर्थिक परिवर्तनलाई तिव्र रुपमा शुरु गरका थिए । हार्वर्ड यूनिभर्सिटीमा सोशल साइन्सका प्रोफेसर रहेका एजÞरा वोजेलले श्याओपिङको जीवनी लेखेका छन् । उनले श्याओपिङलाई अनेक प्रकारका उतार चढावलाई रोकेर स्थायीत्व दिन सक्ने क्षमतावान नेताका रुपमा चित्रण गरेका छन् ।

Shares

Be the first to comment on "४० वर्षमा चीन कसरी बन्यो विश्वकै शक्तिशाली राष्ट्र ?"

Leave a comment

Your email address will not be published.


*