प्रविण कुमार खतिवडा /मैनापोखरी– नेपाल शिक्षक महासंघ ले विभिन्न पेशागत माग राख्दै रिले अनशनमा बसेको छ।आज शिक्षक महासंघ को टोलि जिल्लाभर सवै स्थानीय तहको कार्यलयमा आफ्न ३४ बुदामा विभिन्न माग राख्दै मागको संबोधनका लागि रिले अनशन मा बसेको हो। नेपाल शिक्षक महासंघ वैतेश्वर का सह अध्यक्ष तेन्जिङ शेर्पाको अध्यक्षतामा वैतेश्वर गाउँपालिकामा भएको रिले अनशन कार्यक्रममा महासंघ द्वारा राखिएका माग पत्र वैतेश्वर गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्य लाई पेश गरेको छ । शिक्षक महासंघ द्वारा पेश गरिएका मागहरूमा गुणस्तरीय शिक्षाका लागि कुल बजेट को २० प्रतिशत लगानी गरिनुपर्ने,शिक्षण काउन्सिलको ब्यवस्था गरिनुपर्ने,पाठ्यक्रम निर्माण को अधिकार संघीय संरचनामा हुनुपर्ने,शिक्षक महासंघ लाई आधिकारिक ट्रेड युनियन को मान्यता दिनपर्ने,शिक्षक लाई निजामती कर्मचारी सो सरहको सेवा सुबिधा हुनुपर्ने,शैक्षिक क्षेत्रका लागि छुट्टै राष्ट्रिय मर्यादाक्रम कायम गरिनुपर्ने,शिक्षक कर्मचारी को उपचार को लागि शिक्षक अस्पताल स्थापना गर्नुपर्ने,बाल बिकास सहयोगी र बिद्यालय कर्मचारी लाई नेपाल सरकार को बजेट भाषण मार्फत केन्द्र सरकार ले मासिक ८ हजार र स्थानीय तहले मासिक ७ हजार तलब भत्ता ब्यहोरेर मासिक १५ हजार पुर्याउने घोषणा गरेको तर सो घोषणा लाई स्थानीय तहहरुले स्वीकार गरी बजेट को ब्यबस्था नगरेकोले केन्द्र सरकार ले नै ब्यवस्था गर्नुपर्ने लगायतका पेशागत माग राखी शिक्षक महासंघ ले आज सवै स्थानीय तह हरुमा रिले अनसन कार्यक्रम गरेको शिक्षक महासंघ वैतेश्वरका सचिब सीताराम घिमिरे ले जानकारी दिनुभयो।
Be the first to comment on "३४ बुँदे माग राख्दै शिक्षक महासंघ रिले अनशनमा"