इश्वर बिश्वकर्मा
चरिकोट, मंसिर १७
शुक्रबार नेपालमा पनि ३० औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइदैँ छ । अपाङ्गता भएका व्यक्तिको हक, हित र अधिकार सुनिश्चिता तथा संरक्षणको लागि ¥याली, गोष्ठि, छलफल, बहस तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्र संघले सन् १९८१ देखि अन्तर्राष्ट्रिय रूपमै अपाङ्ग दिवस मनाउँदै आइरहेको सन्दर्भमा ३ डिसेम्बर १९९२ देखि नेपालले पनि उक्त दिवस मनाउँदै आएको छ । दोलखामा पनि बौद्धिक तथा समुदायमा आधारित अपाङ्ग पुनस्र्थापना केन्द्र र अपाङ्ग तथा दृष्टिविहीन समुदाय सेवा संघले स्थानीय सरकारसँगको समन्वयमा कार्यक्रम आयोजना गर्ने भएको छ । केन्द्रका अध्यक्ष केदार बस्नेतका अनुसार आइओएमको हलमा आयोजना हुने सो कार्यक्रममा एक सय भन्दा बढी अपाङ्गता भएका व्यक्तिको सहभागिता तथा स्थानीय तहका जनप्रतिनिधिको उपस्थिति रहने बताउनुभयो । अपाङ्गता भएका व्यक्तिको हकअधिकार सुनिश्चितताको लागि दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको उहाँले सुनाउनुभयो । चरिकोट सातदोबाटो चोकबाट सन्देशमूलक प्लेकार्ड र नारासहित ¥याली निकालिने र कार्यक्रम स्थलतर्फ गई कार्यक्रम गरिने छ । कार्यक्रममा अपाङ्गता भएका व्यक्ति, जनप्रनिधि, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि तथा सरोकारवाला निकायको मन्तव्य प्रस्तुत हुने उहाँले बताउनुभयो । “सातदोबाटो चोकमैँ कार्यक्रम गर्ने सोच थियो । तर उक्त स्थानमा धुलो उड्ने र गाडीको आवातजावत तथा आवाजले कठिनाई हुने भएकोले आइओएमको भवनमा गर्न लागेका हौँ ।” उहाँले कार्यक्रमको तयारी पूरा भएको सुनाउँदैँ भन्नुभयो, “दिवसको उपलक्ष्यमा आयोजित यो कार्यक्रलाई सफल पार्न सरोकारवालालाई पत्राचारमार्फत निमन्त्रणा गरिसकिएको छ ।” दीक्षण दैनिकसँग कुरा गर्दै अहिले अपाङ्गता भएका व्यक्तिलाई फरक क्षमता भएका व्यक्ति भन्न थालिएकोमा उहाँले आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो “हामी फरक क्षमताका होइनौँ, अपाङ्गता भएका व्यक्ति हौँ । अवसर दिए अरु नागरिक झैँ हामी पनि सक्षम छौँ ।” अपाङ्गता भएका व्यक्तिको गुनासो कैयौँ रहेको सुनाउँदैँ उहाँले प्रश्न गर्नुभयो “हाम्रो गुनासो कसले सम्बोधन गरिदिन्छ र ?” उहाँले अपाङ्गता भएका व्यक्तिलाई दया होइन, सीप प्रदान गरी रोजगारीको दिनुपर्ने बताउनुभयो । अपाङ्गता भएका व्यक्तिलाई सम्मान र स्वाभिमानपूर्वक जीवनयापन गर्नका लागि परिवार, समुदाय र सरकारको भूमिकालाई प्रभावकारी बनाइनुपर्ने उहाँले सुनाउभयो ।
Be the first to comment on "३० औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइँदै"