२ सय १७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

दीक्षण समाचार
चरिकोट, भदौ ६
दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित कालिञ्चोक माविका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सोमबार एक समारोहका बिच कक्षा ११ र १२ का दुई सय १७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
प्रति विद्यार्थी विद्यार्थी एक वटा ब्याग, पाँच वटा कापी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायतका शैक्षिक सामाग्री वितरण गरिएको परिषद्का  राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले बताउनुभयो । विद्यार्थीहरूको शैक्षिक प्रगतिमा सहयोग गर्ने हेतुले परिषदको सेवा कार्य अन्तर्गत शैक्षिक सामाग्री वितरण गरिएको उहाँले सुनाउनुभयो ।
समारोहमा परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपाने, भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धर, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, कालिन्चोक माध्यमिक विद्यालयका प्राचार्य नवराज न्यौपाने, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवास श्रेष्ठ, चरिकोट बहुमुखी  क्याम्पसका क्याम्पस प्रमुख एवं हिन्दु स्वयंसेवक संघ नेपालका जिल्ला सञ्चालक  कृष्ण बहादुर गौतम, आमाको माया छात्रावासका प्रमुख गणेश कुमार प्रजा लगायतको सहभागिता रहेको थियो ।

२०५२ सालमा स्थापना भई देशका ७७ वटै जिल्लाका शिक्षण संस्था, माध्यमिक तह (कक्षा ११ र १२) क्याम्पस तथा विश्वविद्यालयहरूमा कार्य गरिरहेको परिषदले विद्यार्थी, शिक्षक शिक्षाविद्हरूलाई संगठित गर्दै व्यक्ति असल व्यक्ति निर्माणका माध्यमबाट राष्ट्रलाई परम् वैभवको स्थितिमा पुर्याउने लक्ष्य लिएको छ ।

Shares

Be the first to comment on "२ सय १७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण"

Leave a comment

Your email address will not be published.


*