२९ को भूकम्पबाट बचेका शेर्पाको नृत्यकला

दीक्षण समाचार
चरिकोट
३ वर्ष अघि बैशाखको बिनाशकारी भुकम्पको झड्काले धेरै दोलखालीहरुको लागि अहिले पनि झस्काउँछन् । २०७२ को बैशाख १२ र १३ गते हल्लाएर भग्नावशेष भएको संरचना बैशाख २९ गते आएको पराकम्पले दोलखामा धेरै धनजनको क्षति भयो ।
बैशाख २९ गते आएको भुकम्पको पराकम्पले चरिकोट चरिघ्याङ क्षेत्र सबैभन्दा बढी क्षेत्रग्रस्त क्षेत्र हो । ठूला ठूला भवनहरुले चेपिएर एक दर्जनको ज्यान गयो । त्यही बेला परिवारको घर सम्पत्ति सबै क्षति हुँदा ९ वर्षका टसी शेर्पा कक्षा ४ मात्र सुरु गरेका थिए । गौरीशंकर गाउँपालिका वडा नं ७ मार्बू का निमा शेर्पाका छोरा टसी अहिले १३ वर्ष पुगे ।
कक्षा ७ मा अध्ययनरत टसी बुबाले बैदेशिक रोजगारीबाट ल्याएको पैसाले बनाएको पक्कि भवन ढलेर पूर्ण क्षति भयो भने परिवारले दुःखले जिवनभर कमाएको सम्पत्ति सिद्धियो । तर परिवार सहित त्यही भुकम्पबाट टसी बचे । अहिले उनै टसी नृत्यकलामा जिल्लाबाट राष्ट्रभित्रै प्रतिस्पर्धामा उत्कृष्ट १० भित्र पर्न सफल भएका छन् ।


योङ्ग स्टार डान्सकोे टप १० पछिको प्रतियोगीता दोलखाको सदरमुकाम चरिकोटबाट प्रारम्भ समेत भएको छ । सो प्रतियोगिताको शनिबार चरिकोटमा सुरु भएको छ । योङ स्टार डान्स कम्पिटिसन सिजन – ७ को टप १० मा पर्न सफल दोलखाको गौरीशंकर गाउँपालिका – ७ मार्वुका १३ वर्षीय टँसी शेर्पाको भोटिङको लागी सो कार्यक्रम दोलखा सदरमुकाममा राखएिको हो ।
जनता टेलिभिजनमा बुधबार ८ः४५ बजे प्रसारण हुने ‘रियालिटी सो’ योङ्ग स्टार डान्स कम्पिटिसनमा देशभरबाट छानिएका २२ जना प्रतियोगी मध्ये १२ जनालाई आफ्नो नृत्य कौशलले उछिन्दै शेर्पा टप १० मा पुगेका हुन् ।
शेर्पालाई योङ्ग स्टार डान्सका विजेता बन्न अब नृत्यसंगसंगै भोटको समेत आवश्यकता पर्ने भएकोले यो कार्यक्रम दोलखामा गरेको हो । चरिकोट स्थित द–राईजिङ स्टार बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत टँसिले स्थानीय स्तरका विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी जनाएर आफ्नो नृत्य कौशल देखाईरहेकै हुन्छन् । तर पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिई टप १० मा पर्न सफल टसिलाई आगामी दिनमा सम्पुर्ण दोलखालीहरुले भोटीङ मार्फत अगाडि बढ्न सहयोग गर्नुपर्ने हुन्छ ।
भोटिङका लागि सदरमुकाम चरिकोट स्थित सातदोबाटो चोकमा भव्य सांगीतिक कार्यक्रमको आयोजना गरेको द राईजिङ स्टार बोर्डिङ स्कुलले कार्यक्रमको समेत आयोजना ग¥यो । कार्यक्रमका लागि टसीका आफन्तहरुले आर्थिक तथा नैतिक सहयोग गरेको उनका बुबा निमा शेर्पाले जानकारी दिए ।

Shares

Be the first to comment on "२९ को भूकम्पबाट बचेका शेर्पाको नृत्यकला"

Leave a comment

Your email address will not be published.


*