काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङ, ललितपुर, भक्तपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, बाँके र सुर्खेतमा गरी ११ जनाको मृत्यु भएको हो । ११ जनामध्ये ४ जना महिला र ७ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।
२४ घण्टामा २७२२ जना कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा दुईहजार ७२२ जना कोरोना संक्रमित थप भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित सम्मेलनमा यस्तो जानकारी गराएका हुन् । यो अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित हो । काठमाडौंमा मात्रै पछिल्लो २४ घण्टामा १२८० जना कोरोना संक्रमित थपिएका छन् ।
भक्तपुरमा १९६ जना र ललितपुरमा १६२ जना थप भएका छन् ।
Be the first to comment on "२४ घण्टामा ११ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५२० पुग्यो"