१९ औं साधारण सभा सम्पन्न

चरिकोट (दीस) ः जिल्ला सहकारी संघ दोलखाको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सदरमुकाम चरिकोटमा साधारणसभा सम्पन्न भएको हो ।
राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिवी बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाको अध्यक्षता जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देविप्रसाद फुयालले गर्नु भएको थियो । साधारणसभामा संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन अध्यक्ष फुयालले प्रस्तुत गर्नु भएको थियो । यसैगरी, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक पुष्कर कुमार दाहालले प्रस्तुत गर्नु भएको थियो ।


कार्यक्रममा सहकारी क्षेत्रमा कार्य गरेबापत विभिन्न व्यक्तित्व सम्मानित हुनु भएको थियो । कार्यक्रममा मेलुङ गाउँपालिका, सहकारी अभियानकर्मी ढाल बहादुर सापकोटा,उत्कृष्ट कारोबार गर्ने हाम्रो जनकल्याण सहकारी,नियमित कारोबार गर्ने अर्थभूमी सहकारी सम्मानित भएका थिए । त्यसैगरी पत्रकार केदार शिवाकोटी ,पूर्व संचालक रत्न बहादुर श्रेष्ठ,उत्कृष्ट व्यवस्थापक चुणामणि घिमिरे,उत्कृष्ट महिला कर्मचारी सुनिता चापागाईँ र रमेश सापकोटा सभाकोे अबसरमा सम्मानित हुनु भएको छ ।


साधारणसभाको उद्घघाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिवी बस्नेतले कतिपय सहकारीहरूको कारणले राष्ट्रिय सहकारी महासंघको लोगो लगाएर हिँड्दा समेत सर्वसाधारणमा ठगी गर्ने मानसिकता उत्पन्न भएको बताउँदै, अब सहकारी सञ्चालकहरूले जानाजान वा अन्जानमा गल्ती गर्ने छुट नभएको बताउनु भयो । उद्घाटन सत्रपछि बसेको बन्द सत्रले साधारणसभामा प्रस्तुत विभिन्न प्रतिवेदनहरू पारित गरेको जिल्ला सहकारी संघ दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "१९ औं साधारण सभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*