चरिकोट (दीस)ः गौरीशंकर सामुदायिक पुस्तकालयको १७ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। पुस्तकालयका अध्यक्ष कृष्णबहादुर बस्नेतको अध्यक्षतामा तथा बागमती प्रदेश सांसद भरत के.सी.को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष दीपशंकर चैलागाई, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउत, भि.न.पा.–५ का वडा सदस्य एकमाया भुजेल र सहभागीहरूको तर्फबाट सुन्दरी श्रेष्ठले मन्तव्य राख्नुभएको थियो । स्वागत मन्तव्य पुस्तकालयका सदस्य गणेश श्रेष्ठले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव नवराज न्यौपानेले गर्नुभएको थियो। पुस्तकालयले “दृढ जोखिम व्यवस्थापन तथा समावेशी आर्थिक सामाजिक विकास मार्फत समुदायको उत्थानशीलतामा अभिवृद्धि परियोजना“ अन्तर्गत सामाजिक लेखापरीक्षण कार्यक्रम पनि शनिबार सम्पन्न गरेको छ।
Be the first to comment on "१७ औं वार्षिक साधारणसभा सम्पन्न"