१२ गते कालिञ्चोक गाउँपालिका बालमैत्री घोषित हुने

ईश्वर बिश्वकर्मा
चरीकोट, चैत्र ८
दोलखाको कालिञ्चोक गाउँपालिकामा बालमैत्री स्थानीय शासन सञ्चालन अभियान सुरु भएको दुई वर्षमा सूचकहरु पूरा भएको छ । २०७६ देखि सुरु गरिएको अभियान अन्तर्गत सम्पूर्ण सूचकहरु पूरा भएपछि आगामी १२ गते पालिकालाई बालमैत्री घोषणा गर्न लागिएको उपाध्यक्ष कालिका पाठकले बताउनुभयो । ”पालिकालाई बालमैत्री बनाउन दुई वर्षदेखि बजेट विनियोजन गरी बालमैत्री स्थानीय शासन सञ्चालन अभियान चलाएका थियौँ । त्यसक्रममा विभिन्न चुनौती र समस्याको सामना गर्दै सूचकहरु पुरा गर्न सफल भएका छौँ। अन्ततः चैत्र १२ गते कालिनाग माध्यमिक विद्यालयको प्राङगणमा औपाचारिक कार्यक्रमको आयोजना गरी पालिकालाई बालमैत्री घोषणा गर्ने छौँ ।“ कोरोना महामारीले चुनौतीपूर्ण बनेपनि अभियानलाई निरन्तरता दिइएकोले पालिका बालमैत्री हुने चरणमा पुगको उहाँले बताउनुभयो । ३९ वटा सूचक, बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता सहितका सबै क्षेत्र तथा पक्षका सूचकहरु पूरा भएपछि पालिकालाई बालमैत्री घोषणा गर्न लागिएको हो ।

Shares

Be the first to comment on "१२ गते कालिञ्चोक गाउँपालिका बालमैत्री घोषित हुने"

Leave a comment

Your email address will not be published.


*