विद्यालयले पाए कम्प्युटर

इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र ५
दोलखाको जिरी नगरपालिकामा रहेका १० वटा सामुदायिक विद्यालयलाई बिहीबार कम्प्युटर हस्तान्तरण गरिएको छ । बहु कक्षा बहुस्तर कक्षा सञ्चालित विद्यालयमध्ये १० वटा विद्यालयको प्रशासनिक कार्य सहज सम्पन्न गर्न १–१ थान डेक्सटप कम्प्युटर हस्तान्तरण गरिएको हो । विद्यालयलाई कम्प्युटर हस्तारण गर्दै नगर प्रमुख टंक जिरेलले कम्प्युटरको पूर्ण प्रयोग गरी विद्यालयको कार्यलाई प्रविधियुक्त बनाउन निर्देशन दिएका छन् । उनले नगर शिक्षा योजना कार्यान्वयन गरी यस क्षेत्रको विकास र समृद्धिमा महत्वपुर्ण कार्य सञ्चालन गरिरहेको बताए । कम्प्युटर प्राप्त गर्नेमा चेर्दुङ प्रावि (वडा नं. ५), शेरल्पा प्रावि ( वडा नं. ७), ठूलोचौर प्रावि (वडा नं. ८), देउराली प्रावि (वडा नं. ४), छहारे प्रावि ( वडा नं. ७), देउराली प्रावि ( वडा नं. ७), फुजिङ प्रावि ( वडा नं. ४), माथिल्लो सिक्री प्रावि ( वडा नं. ७), सेतीदेवी प्रावि ( वडा नं. २) र जिरेश्वर प्रावि ( वडा नं. ४) रहेका छन् । शिक्षा शाखा अधिकृत लक्ष्मी प्रसाद रिजालका अनुसार ३ लाख ५० हजार रुपैयाँ कम्प्युटर खरीदमा खर्च भएको छ । गत मंसिर महिनामा ८ वटा सामुदायिक विद्यालयलाई ल्यापटप कम्प्युटर र प्रिन्टर वितरण गरिएको छ । जसको लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । उक्त सामग्रीको उपलब्धता भएपछि विद्यालयलाई प्रविधितर्फ उन्मुख गराउन सहज भएको शिक्षकहरुले जनाएका छन् ।

Shares

Be the first to comment on "विद्यालयले पाए कम्प्युटर"

Leave a comment

Your email address will not be published.


*