रामेछाप –लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडका दस लाख धरौटी बुझाएर रिहा भएका छन् ।सम्पत्ती शुद्धिकरण विभागले माग गरेको दस लाख ढरौटी बुझाएर खडका रिहा भएका हुन् । जबरजस्ती करणीको आरोपमा जेलमा रहेका खडकालाई उच्च अदालतले पाटनले थुनामुक्त गर्न आदेश थियो ।गत शुक्रवार जिल्ला अदालत रामेछापमा सात लाख ढरौटी बुझाएर थुनामुक्त भएपनि लगत्तै प्रहरीले पक्राउ गरेको थियो । सम्पत्ती शुद्धिकरणको मुद्दाको आधारमा पक्राउ परेका खडकालाई आइतवार जिल्ला प्रहरी कार्यालय रामेछापले ललितपुरस्थित सम्पत्ती शुद्धिकरण विभाग पुल्चोकमा बुझाएको थियो ।विभागले खडकालाई दस लाख रुपैयाँ ढरौटीमा रिहा गरेको सम्पत्ती शुद्धिकरण विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । उनका अनुसार खडकामाथि प्रारम्भिक बयान लिएर छोडिएको हो ।
१० लाख धरौटीमा छुटे खडका
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक २१ पुष २०७७, मंगलवार १९:११
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "१० लाख धरौटीमा छुटे खडका"