१०५ वर्षको उमेरमा दुर्ग मायाले पाइन् नागरिकता

इश्वर बिश्वकर्मा
चरिकोट, पुस २८
शरिरमा कुनै ताकत छैन् । कपाल फुलेर सेतै भएका छन् । एउटै पनि दाँत छैनन् । अनुहारका छाला चाउरिएर मुजा मुजा परेका छन् । आज उनको चाउरिएका अनुहारमा चमकता छाएको छ । खुशी छाएको छ । किनकी उनले १ सय ५ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । मेलुङ गाउँपालिका वडा नं. ३ घ्याङकी दुर्ग माया कार्कीले १ सय ५ वर्षको उमेरमा मंगलबार जिल्ला प्रशासन कार्यालय दोलखाबाट नागरिकताको प्रमाणपत्र पाएकी हुन् ।

दुर्ग माया विक्रम सम्बत १९७२ भदौ १८ गते साविक मालु गाविस हाल तामाकोसी गाउँपालिका वडा नं. ४ मालु जन्मिएकी थिइन् । उनको विवाह मेलुङ गाउँपालिकामा भएको थियो । दुर्ग मायाको भतिजो गोकुल बहादुर कार्कीको सनाखतमा मेलुङ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष हिरा थाेकरको पहलकदमीमा आवश्यक कागजात सहित जिल्ला प्रसाशन कार्यालयमा पेश गरेपछि उनले नागरिकता प्राप्त गरेकी हुन् ।
“नागरिकता पाउँदा असाध्यै खुशी लागेको छ ।” दुर्गामायाले खुशी हुँदै भनिन् “नागरिकता दिलाईदिने आफन्त र वडाका अध्यक्ष हिरा बाबुलाई धेरै धन्यावाद । नाम पनि हिरा काम पनि हिरा, सधैँ चम्किने” वडाध्यक्ष थोकरले १ सय ५ वर्षकाे उमेरमा नागरिकता लिने दुर्ग माया सम्भवतः जिल्लाकै पहिलो नागरिक भएको बताए । उनले दुर्ग मायाको नागरिकताको लागि सिफारिस गरिदिदाँ खुुुशीका साथै गर्व महशुस भएकाे बताए । नागरिकता बनेपछि दुर्ग मायाले राज्यको सेवा सुविधा प्राप्त गर्ने छिन् । दुर्ग मायाको विवाह घ्याङका इन्द्र बहादुर कार्कीसँग भएको थियो । इन्द्रले मदिरा सेवन गरि दुख दिन थालेपछि एउटी छोरीलाइ काखी च्यापेर मालु स्थित माइतामै बसेकी थिइन् । उनकाे श्रीमान् इन्द्र बहादुरले भएका जायजेथा बेचेर सक्काए। इन्द्र बहादुरकाे मृत्यु  २०४० सालमा भयाे । हाल उनि नातीकाे सहारामा रहेकी छन् । दुर्गमायाले अाफ्नै श्रीमानकाे थरबाट वँशजकाे अाधारमा  नागरिकता प्राप्त गरेकी हुन् । केही समयपछि उनकाे घरमैँ गएर  नागरिकता वितरण गर्ने याेजना प्रशासनकाे रहेपनि तत्काल नागरिकता अावश्क परेकाेले  वडाध्यक्ष थाेकर र उनका नातेदारकाे सहायताले सदरमुकाम चरिकाेटसम्म दुर्ग माया नागरिकताका लागि अाएकी थिइन् ।

Shares

Be the first to comment on "१०५ वर्षको उमेरमा दुर्ग मायाले पाइन् नागरिकता"

Leave a comment

Your email address will not be published.


*