हितैषी साना किसान सहकारी १७ साधारण सभा सम्पन्न

नाम्दु– हितैषी साना किसान कृषि बहुउदेश्य सहकारी संस्थाले आफ्नो १७ औ वार्षिक उत्सव मनाएको छ । वैतेश्वर गाउँपालिका वडा नम्बर ६ मा कार्यालय रहेको सहकारीको मंगलबार भएको साधारण सभाको गाउँपालिकाका प्रमुख छवि लामा एक समारोह विच उद्धघाटन गर्दै सहकारीमा ऋण खाने अनि नतिर्ने प्रवृत्ति अन्त्य हुनु पर्ने बताए । त्यसैगरी गाउँपालिकाका उपप्रमुख रविचन्द्र आचार्यले सहकारीले कृषि क्षेत्रमा काम गर्नु पर्ने बताए । साधारण सभामा संस्थामा अध्यक्ष माधव घिमिरेले हाल सहकारीमा शेयर सदस्य १५५५ र बाल सदस्य ३१९ जना रहेको बताए । सहकारीले बहुउदेश्य संस्थाको रुपमा विकास गरी पालिका भित्र आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको उनले जानकारी दिए । संस्थाका सचिब अष्ट कुमार लामाले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हाल संस्थाको शेयर पुँजी ३८ लाख एघार हजार २ सय रहेकोमा अगामी बर्ष ४० लाख पु¥याउने लक्ष्य रहेको जानकारी दिए । त्यसैगरी सहकारीको सदस्य संङख्या २ हजार पु¥याउने लक्ष्य रहेको उनले बताए । संस्थाका कोषाध्यक्ष नवराज उपे्रतीले संस्थाले हाल ऋण लगानी ३ करोड ७० लाख १४ हजार रुपैया गरेको जानकारी दिए । साधारण सभामा उत्कृष्ट पुरुष ऋणी कृष्ण प्रसाद रिमाल तथा महिला ऋणी कान्छी माया तमाङलाई सम्मान गरेको छ । त्यसैगरी बाल बचतकर्ता देवरत्न आचार्य , पुरुष जेष्ठ सदस्य चन्द्र बहादुर दहाल , महिला जेष्ठ सदस्य कृष्ण कुमारी कार्की तथा बचतकर्ता माया अधिकारी उप्रेती लाई सहकारीले सम्मान गरेको छ ।

Shares

Be the first to comment on "हितैषी साना किसान सहकारी १७ साधारण सभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*