काठमाडौं । आइतबार साँझको हावाहुरीबाट ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ । बारा र पर्सामा वर्षासँगै आएको हावाहुरीले ज्यान गुमाउनेको संख्या ३१ पुगेको र बाँकी ५०० भन्दा बढी घाइतेको उपचार भईरहेको २ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी हरि पालले जानकारी दिए ।
हावाहुरीबाट २७ जनाको मृत्यु भएको छ, भने ४ जना पर्साबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाईतेहरुको उपचारमा कठीनाई भएको प्रहरीले जनाएको छ ।
बिरामीको सङ्ख्या धेरै भएकाले उपकरण तथा जनशत्तिको कमी भएको र त्यही मात्रामा रगत पनि नभएका कारण उपचारमा कठीनाई भएको प्रहरीले जनाएको छ ।
उद्धार कार्य अहिलेपनि जारी छ । हावाहुरीका कारण भलुही, पुरैनिया परसौन, बिजवनिया लगायतका गाँउहरु प्रभावीत परेका छन् ।हिजोको हावा हुरीका कारण अन्तराष्ट्यि उडान पनि प्रभावीत भएको कुरा छ
Be the first to comment on "हावाहुरीबाट मर्नेको सङ्ख्या ३१ पुग्यो"