चरिकोट–हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २१ औ वार्षिक साधारण सभा मनाएको छ । साधारण सभाको दोलखा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईले उद्धघाटन गरे । संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष रामचन्द्र बस्नेतले संस्था नेपालको सर्वोत्कृष्ट सहकारी र एसियाली स्तरको ब्रान्ड अन्र्गरत व्रोन्जबाट प्रमाणिकरण भएको जानकारी दिए । शेयर सदस्यलाई उद्यमशिलता मार्फत आत्मा निर्भर बनाउन सहकारी लागेका वस्नेतले बताए । संस्थाको प्रगती प्रतिवेदन तथा प्रस्तावित कार्यक्रममा प्रस्तुत गर्दै सचिव रामचन्द्र दुलालले हाल संस्थामा शेयर सदस्य ६ हजार ५ सय ६१ पुगेको जानकारी दिए । संस्थाको हाल जम्मा पँुजी ४२ करोड ९४ लाख ७७ हजार रुपैया पुगेको सचिवको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष राजन श्रेष्ठ ऋण असुलीलाई संस्थाले व्यवसायिक ऋण लगानी लागिको विशेष योजना बनाउने जानकारी दिए ।
हाम्रो जनकल्याणले मनायो २१ औ वार्षिक साधारण सभा
TOPICS:सहकारी
Posted By: दीक्षण दैनिक २५ भाद्र २०७५, सोमबार १९:५८
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार ०९:५२
Be the first to comment on "हाम्रो जनकल्याणले मनायो २१ औ वार्षिक साधारण सभा"