दोलखा सदरमुकाम चरिकोटमा प्रत्येक साताको शनिबार सडकमैँ सञ्चालन हुने अव्यवस्थित हाटबजारले दुर्घटनाको जोखिम बढेको छ । लामो समयदेखि सडकमैँ अव्यवस्थित तवरमा हाटबजार सञ्चालन हुँदा सवारी आवागनमा कठिनाई हुनुका साथै दुर्घटनाको जोखिम बढेको हो । जिल्लामा उत्पादित कृषि तथा उद्योगजन्य सामाग्रीहरु सडकै अवरुद्ध हुने गरी व्यापारमा राखिँदा दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख विष्णुराज पुरीले बताउनु भयो । हरियो तरकारी, फलफूल, मकै, कोदो, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामाग्रीहरु सडकै ढाकेर व्यापार गर्दा सवारी सञ्चालनमा समस्या हुनुका साथै पैदलयात्रुलाई समेत आवातजावतमा कठिनाई हुने गरेको उहाँको भनाई छ । व्यस्त सडक ओगटेर हाटबजार सञ्चालन गर्दा बजार असुरक्षित भएको उहाँले बताउनुभयो । “ओरालो सडक छ, त्यही सडकमा हाट बजार लाग्छ ।” उहाँले भन्नुभयो “व्यापारी तथा किसान र उपभोक्ता पनि दुर्घटनाको शिकार हुने डर बोक्न बाध्य छन् ।” स्थानीय प्रकाश खड्काले हाटबजार सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मा भीमेश्वर नगरपालिकाको भएपनि नगरपालिकाले वेवास्ता गर्दा व्यापारी र किसानले सडकमै आफुखुसी हाटबजार सञ्चालन गरिरहेको आरोप लगाउनु भयो । “वर्षाैँदेखि हाटबजार सडकमै असुरक्षित र अस्तव्यस्त ढंगले सञ्चालन भइरहेको छ । तर जिम्मेवार निकायको रुपमा रहेको नगरपालिकाले यसमा खासै चासो दिएको छैन ।” खड्काले भन्नुभयो, “के नगरपालिकाले दुर्घटना भएपछि मात्र चासो दिने हो !” नगरप्रमुख ईश्वरनाराण मानन्धरले आगामी साता देखि हाटबजार व्यवस्थित ढंगले सञ्चालन गरिने बताउनु भयो । उपयुक्त स्थान अभावमा सडकमै हाटबजार लाग्ने गरेको र त्यसले दुर्घटना जोखिम बढेकोले आगामी सातादेखि अर्काे स्थानमा हाटबजार व्यवस्थित र सुरक्षित तवरले सञ्चालनको तयारी थालिएको उहाँले बताउनु भयो । उपप्रमुख कमला बस्नेतले हाटबजारलाई व्यवस्थित गर्न नगरपालिकाले चासो दिईरहेको र अब काम हुने बताउनु भयो । आगामी सातादेखि पुतली बजारको सवारी आवागमन कम हुने सडकमा हाटबजार सञ्चालन हुने उहाँको भनाई छ ।
हाटबजारले बढायो दुर्घटनाको जोखिम
Posted By: दीक्षण दैनिक १९ पुष २०७९, मंगलवार १६:५१
७ मंसिर २०८१, शुक्रबार १९:३४
ePAPER 2081/08/07
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "हाटबजारले बढायो दुर्घटनाको जोखिम"