चरिकोट (दीस) ः दोलखा जिल्लास्तरीय अन्तरपालिका स्व. पशुपति चौँलागाई स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि कालिन्चोक गाँउपालिकाले जितेको छ । शनिबार भएको फाइनल खेलमा तामाकोसी गाँउपालिकालाई हराउदै उसले उपाधि जितेको हो । त्यसैगरी तेस्रो स्थान जिरी नगरपालिकाले हात पारेको छ । प्रतियोगितामा प्रथम हुने कालिञ्चोकले नगद १ लाख ५० हजार, द्वितिय हुने टिम तामाकोसी गाउँपालिकाले एक लाख र तृतीय हुने जिरी नगरपालिकाले ५० हजार नगद , शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् । विहिबारबाट पशुपति चौलागाईं स्मृतिको फाउन्डेशनको अयोजनामा मैनापोखरीमा उक्त प्रतियोगिता भएको थियो । प्रतियोगितामा दोलखाका १० टिमले भाग लिएका आयोजकले बताएको छ । तत्कालिन बागमती प्रदेश ख का सांसद पशुपति चौंलागार्इंको ३ बर्ष अगाडि कोभिड संक्रमणका कारण निधन भएको थियो ।
स्व. पशुपति चौँलागाई स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि कालिञ्चोकलाई
Posted By: दीक्षण दैनिक ५ जेष्ठ २०८१, शनिबार १७:४९
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार ०९:५२
Be the first to comment on "स्व. पशुपति चौँलागाई स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि कालिञ्चोकलाई"