स्व. डिठ्ठा. जगन्नाथ उप्रेतीको पुख्र्यौली घर पुनर्निर्माण र सूर्यपाञ्चायन मन्दिरको शिलान्यास

चरिकोट (दीस)ः दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर–६ नाम्दु बुस्तिमा रहेको स्व. डिठ्ठा जगन्नाथ उप्रेतीको पुख्र्यौली घरको पुनर्निर्माण तथा सूर्यपाञ्चायन मन्दिर शिलान्यास गरिएको छ। आज एक समारोहका बीच मन्दिरको  शिलान्यास गरिएको हो। सूर्यपाञ्चायन मन्दिरको शिलान्यास स्व. डि. जगन्नाथ उप्रेतीका सन्तति बैतेश्वर गाउँपालिकाका उपप्रमुख कल्पना उप्रेती, समाजसेवी शारदा उप्रेती र उर्मिला उप्रेतीले संयुक्त रूपमा गर्नु भएको थियो।


शनिवार प्रतिष्ठानका अध्यक्ष रमेश उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा वक्ताहरूले मन्दिर निर्माणले यो क्षेत्रलाई धार्मिक पर्यटकीय केन्द्रको रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो। अध्यक्ष उप्रेतीले नेपालमै पहिलो पटक सूर्यपाञ्चायन मन्दिर निर्माण गर्न लागिएको जानकारी दिनु भयो। नेपालका विभिन्न स्थानसँग दोलखालाई धार्मिक सर्किटको रूपमा जोड्न सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्न उहाँको भनाइ रहेको छ।


स्व. डि. जगन्नाथ उप्रेतीका १७ छोरा र १२ छोरीहरूका सन्तानहरु घरको पुनर्निर्माण तथा सूर्यपाञ्चायन मन्दिर निर्माण गर्न जुटेको प्रतिष्ठानका कोषाध्यक्ष राजेश उप्रेतीले जानकारी दिनु भयो। उहाँका अनुसार मन्दिर निर्माण गर्न ५० लाख लाग्ने अनुमान गरिएको छ।
घर पुनर्निर्माण तथा मन्दिर शिलान्यास निर्माण हुन लागेको सूर्यपाञ्चायन मन्दिरका लागि प्रदेश सरकारले सहयोग गर्ने बागमती प्रदेशमा आर्थिक मामिला मन्त्री कुन्दन राज काफ्लेले प्रतिबद्धता जनाउनु भएको बताइएको छ।


कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेकपा एमालेका नेता माधव घिमिरे, बैतेश्वर गाउँपालिकाका प्रमुख छवि लामा, प्रेस काउन्सिलका सदस्य एवं वरिष्ठ पत्रकार चिरञ्जीवी मास्के, वडा नम्बर–६ का वडा अध्यक्ष अशोक तमाङ, प्रतिष्ठानका सचिव हिरण्य उप्रेती बुस्ती आधारभूत विद्यालय का प्रअ यज्ञ घिमिरे लगायतले आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो।

सो अवसरमा नाम्दुको बुस्ती आधारभूत विद्यालयका ६५ जना छात्र–छात्रालाई एसएस फाउन्डेशनको तर्फबाट संरक्षक शोभित उप्रेतीले उपलव्ध स्कुल ब्याग वितरण समेत गरिएको छ।

Shares

Be the first to comment on "स्व. डिठ्ठा. जगन्नाथ उप्रेतीको पुख्र्यौली घर पुनर्निर्माण र सूर्यपाञ्चायन मन्दिरको शिलान्यास"

Leave a comment

Your email address will not be published.


*