स्व .चौलागाईंको गृह गाउँ काब्रेमा शोक सभा

चरिकोट – नेकपा एमालेका केन्द्रिय पोलिट्ब्युरो सदस्य तथा बागमती सांसद स्व .पशुपति चौलागाईंको गृह गाउँ काब्रेमा स्वास्थ मापदण्ड कायम गरि शोक सभा गरिएको छ । कोरोना भाइरस कोभिड १९ का कारण २०७८ बैशाख २८ गते राती उपचारका क्रममा मनमोहन मेमोरियल अस्पतालमा निधन भएका चौलागाईंको गृह गाउँ काब्रेमा नेकपा एमाले,माओबादी केन्द्र,जनसचेतन सहकारी,हनुमन्तेश्वर मावि,हनुमन्तेश्वर क्याम्पस को संयुक्त आयोजनामा शोक सभा गरिएको हो। सभामा एमाले नेता भिम प्रसाद दहाल,ऋषि केश उप्रेती,माओवादी केन्द्रका माधव प्रसाद दहाल,पदम बहादुर तमाङ,हनुमन्तेश्वर माविका प्र.अ. गोपाल ध्वज श्रेष्ठ,क्याम्पस प्रमुख ताराप्रसाद पन्त र जनसचेतन सहकारीका सचिव कमल दहाल तथा स्थानीय बासिले चौलागाईंको फोटोमा माल्यार्पण गरि शोक पुस्तिकामा हस्ताक्षर गरेका थिए । दोलखाको बैतेश्वर ४ काब्रे मा २०१६ सालमा जन्मेका चौलागाई नेकपा एमालेका केन्द्रिय नेता र बागमती प्रदेशका संसद तथा हनुमन्तेश्वर मावीका पुर्व शिक्षक तथा पुर्व बिब्यस अध्यक्ष,हनुमन्तेश्वर क्याम्पसका स्थापना देखि हालसम्मका अध्यक्ष,जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका संस्थापक सदस्य तथा सल्लाहकार समितिका संयोजक भएकाले संयुक्त सभा गरिएको हो।स्व .संसाद चौलागाईंलाई श्रद्धाञ्जली दिन इच्छुकका लागि १३ दिन सम्म हनुमन्तेश्वर माविको प्राङ्गणमा शोक पुस्तिका राखिने नेकपा एमाले नेता भिम प्रसाद दहालले बताएको पत्रकार महासँघ दोलखा शाखाका कोषाध्यक्ष नविन कुमार खतिवडाले जानकारी दिए ।

 

 

Shares

Be the first to comment on "स्व .चौलागाईंको गृह गाउँ काब्रेमा शोक सभा"

Leave a comment

Your email address will not be published.


*