दीक्षण समाचार
चरीकोट, फागुन २७
दोलखाको सदरमुकाम चरीकोटमा अवस्थित चरीकोट अस्पतालको नाम फेरिएको छ । उक्त अस्पतालको नाम परिवर्तन गरी शुक्रबार ‘पशुपति चौलागाईँ स्मृति अस्पताल’ लेखिएको बोर्ड झुन्ड्याइएको हो । दोलखाबाट सांसद बनेका स्वर्गीय चौलागाईँको स्मृतिमा चरीकोट अस्पतालको नामकरण गर्ने बागमती प्रदेशको मन्त्री परिषदको निर्णयलाई कार्यान्वयन गर्दै आज अस्पतालमा नयाँ नामसहितको बार्ड राखिएको हो । सांसद चौलागाईँको बैशाख २८ मा कोरोना संक्रमणले गर्दा उपचारको क्रममा काठमाडौँमा निधन भएको थियो । उहाँको निधनपछि यस अघि नै उहाँको सम्झनामा अस्पतालको नामाकरण गर्ने हल्ला चलेको थियो । तर अहिले भने अस्पतालको नाम पशुपति चौलागाईँ स्मृति अस्पताल नामाकरण भएको छ । अस्पताल बागमती प्रदेश सरकार अन्तर्गत सञ्चालित छ ।
Be the first to comment on "स्वर्गीय सांसद चौलागाईँको स्मृतिमा फेरियो अस्पतालको नाम"