दीक्षण समाचार
चरिकोट, पुस ५
दोलखाको सदरमुकाम चरिकोटमा आवाज नेपालद्धारा सञ्चालित स्नेह केन्द्रलाई आर्थिक सहयोग गरिएको छ । सहयोगापेक्षी महिला तथा बालबालिकाहरुलाई आश्रय दिइरहेको स्नेह केन्द्रलाई कालिन्चोक गाउँपालिका वडा नं. ९ सुन्द्रावतीका शान्ती खत्रीले आर्थिक सहयोग गर्नु भएको हो । सामाजिक कार्यमा क्रियाशिल खत्रीले सोमबार केन्द्रमै आएर ५० हजार रुपैयाँ सहयोग गर्नु भएको आवाज नेपालकी अध्यक्ष सिर्जना कार्कीले बताउनु भयो । उहाँले प्राप्त रकमले स्नेह केन्द्रको व्यवस्थापनमा सहज हुने बताउनु भयो ।
खत्रीले सामाजिक एवम् मानवीय सेवामा समर्पित स्नेह केन्द्रलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले स्नेह केन्द्रले गरेको योगदानको प्रशंसा गर्दै यसको निरन्तरताका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो । सन्तुष्टिसँगै पुण्य प्राप्त हुने हुँदा आफ्नो क्षमता अनुसार सबैले सहयोग गर्न उहाँले आग्रह गर्नु भयो ।
स्नेह केन्द्रले हिंसा पीडित, बेसाहारा र असहाय महिला तथा बालबालिकाहरुलाई उद्धार गरी आश्रय दिनुका साथै पुनस्थापना र पुर्नर्मिलन गराउँदै आएको छ । स्नेह केन्द्रलाई जन्मदिन, विवाह बर्षगाठ, विभिन्न संघ संस्थाको बार्षिककोत्सव, बतबन्ध लगायतका अवसरमा विभिन्न व्यक्ति तथा संघसंस्थाले आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् ।
Be the first to comment on "स्नेह केन्द्रलाई ५० हजार रुपैयाँ वितरण"