स्थानीय तहमा निर्माण व्यवसायी संघ गठन

दीक्षण समाचार
चरिकोट, २६ भदौ
दोलखा निर्माण व्यवसायी संघको चुनावी साधारण सभा नजिकीदै गर्दा स्थानीय तहको पनि गठन भएको छ । मंगलबार चरिकोटमा छु्ट्टाछुट्टै भएको भेलाले ४ वटा स्थानीय तहको संयोजक चयन भएका छन् ।
शैलुङ गाउँपालिका, भीमेश्वर नगरपालिका, विगू गाउँपालिका र गौरीशंकर गाउँपालिका भित्रका निर्माण व्यवसायीहरुको भेलाले संयोजक चयन गरेका छन् । भेलाले शैलुङ गाउँपालिकाको संयोजकमा निलाकुमार श्रेष्ठ, भीमेश्वर नगरपालिकाको संयोजकमा मनोज श्रेष्ठ, विगू गाउँपालिकाको संयोजकमा हरिबहादुर श्रेष्ठ र गौरीशंकर गाउँपालिकाको संयोजकमा उमेश गुरुङ चयन भएका छन् ।
सोमबार भएको छुट्टाछुट्टै भेलाले वैतेश्वर गाउँपालिका, तामाकोसी गाउँपालिका र कालिञ्चोक गाउँपालिकाका संयोजक समेत चयन भइसकेका छन् ।
स्थानीय तहको संरचना बनाउने कार्यक्रम अनुसार कालिञ्चोक गाउँपालिकाको संयोजकमा मोहन पाख्रिन, वैतेश्वर गाउँपालिकाको संयोजकमा कुमार तमाङ र तामाकोसी गाउँपालिकाको संयोजकमा सिताराम उप्रेती चयन भएका थिए ।

Shares

Be the first to comment on "स्थानीय तहमा निर्माण व्यवसायी संघ गठन"

Leave a comment

Your email address will not be published.


*