चरिकोट(दीस) ः भीमेश्वर नरपालिका वडा नम्बर दुईमा दुई दिने सोक्ला रक क्लाईम्विङ आयोजना गरिने भएको छ । सोक्ला गाउँको प्रचारप्रसार र महत्व दर्शाउनको लागि जेठ १८ र १९ गते सोक्ला रक क्लाईम्विङ महोत्सव आयोजना गरिन लागेको हो । पर्यटन प्रवद्र्धनका लागि सो कार्यक्रमको आयोजना गर्न लागिएको सोक्लाश्वरी पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रीनले जानकारी दिनुभयो । सोक्ला गाउँ सदरमुकाम चरिकोटबाट करिव ८ किलोमिटरको दुरीमा पर्दछ । कृषि मुख्य पेशा रहेको यस ठाउँमा सम्भावनाको आधारहरु थुप्रै रहेका छन् । विशेषगरी कृषि पर्यटनसँगै, इको पर्यटन, साहसिक पर्यटन, पर्यापर्यटन, गौरीशकर श्रृंखलाको दृश्यावलोकन गन्तव्य तथा धार्मिक अध्ययन अनुसन्धानका लागि पनि सोक्ला क्षेत्र प्रसिद्ध मानिन्छ ।
सोक्लामा रक क्लाईम्बिङ महोत्सवको आयोजना गरिँदै
Posted By: दीक्षण दैनिक १७ जेष्ठ २०८०, बुधबार १९:१७
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार ०९:५२
Be the first to comment on "सोक्लामा रक क्लाईम्बिङ महोत्सवको आयोजना गरिँदै"