सूर्याेदय सहकारीको २४औँ वार्षिक साधारण सभा सम्पन्न

चरिकोट/ ईस्वर विक – दोलखा सदरमुकाम चरिकोटमा अवस्थित सूर्योदय सहकारी संस्था लिमिटेडको २४ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीले सहकारीले देशको सम्बृद्धिमा सहयोग पु¥याएको बताए । उनले नगरपालिकाले छिट्टै नगरबस सञ्चालन गर्ने योजना बनाएकाले सहकारी संस्था लगायत सम्पुर्ण नगरवासीमा सहयोगका लागि अनुरोध गरेका छन् । संस्थामा ११ सय ६९ सदस्य रहेको संस्थाले जनाएको छ । संस्थाले निम्न आय भएका सदस्यहरुको पहिचान गरि उन्नत जातका बाख्रापालन व्यवसाय गर्न पाठाहरु २५ जनालाई वितरण गरिने जनाएको छ । बेदवास, अचार आदीको तालिम सञ्चालन र प्राङ्गारिक खेतीका लागि नगरसँग समन्वय गरिने, संस्थामा आबद्ध शेयर सदस्यहरुले उत्पादन गरेका वस्तुहरुलाई बिक्रि बढाउन सहयोग गरिने संस्थाका सचिव रबिन्द्र गौतमले बताए ।
उनले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै भ्रमण वर्ष २०२० लक्षित कार्यक्रम सञ्चालन गरिने लगायतका सदस्यको हितमा कार्य गरिने बताए ।
संस्थाका कोषाध्यक्ष कृष्ण प्रसाद घिमिरेले गत वर्षको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरि संस्थाका लेखा सुरपरिवेक्षक समितिका संयोजक झम्क बहादुर बस्नेतले लेखा परिक्षकको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभामा संस्थापक सदस्य अक्कल बहादुर कुवँर, उत्कृष्ट सेयर खरिदकर्ता इन्द्र कुमारी श्रेष्ठ, असल ऋणी रोमीशा प्रधान, उत्कृष्ठ दैनिक बचत कर्ता कृष्ण कुमार गीरी, उत्कृष्ठ दैनिक बचत कर्ता सुप्रिया श्रेष्ठ, संस्थापक सदस्य लिलामाया बुढाथोकी सम्मानित भएका छन् ।

असल ऋणी भरत खत्री, उत्कृष्ठ कर्मचारी मीरा थापा, जेष्ठ महिला सदस्य ठुली कार्की, उत्कृष्ट ऐच्छिक बचत कर्ता डम्बर बहादुर श्रेष्ठ, उत्कुष्ट मासिक बचत कर्ता लक्ष्मीमाया श्रेष्ठ, जेष्ठ पुरुष सदस्य पुर्ण बहादुर कार्की, शिवप्रसाद सापकोटा मासिक बचत कर्ता उत्कृष्ट बालकर्ता सुलोचना घिमिरे र अभिषेक श्रेष्ठ सम्मानित भएका छन् ।
साधारणसभामा जिल्ला सहकारी संघ दोलखाका कोषाध्यक्ष कृष्णप्रसाद दाहाल, मिलीजुली सहकारी संस्था लिमिटेडका उपाध्यक्ष कृष्ण बहादुर गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Shares

Be the first to comment on "सूर्याेदय सहकारीको २४औँ वार्षिक साधारण सभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*