सुनौला हजार दिन कार्यक्रम अन्र्तगत आमाहरुको लागि आर्थिक सहयोग

चरिकोट (दीस)– दोलखाको कालिञ्चोक गाउँपालिका ५ का रानी वनपहिरो प्रभावित सुनौला हजार दिनका र अपांगता भएका आमाहरुको लागि आर्थिक सहयोग गरिएको छ । पोषिलो खानेकुरा तथा न्यानो कपडाको लागि सुनौला हजार दिन भित्रका ६४ जना महिलाका लागि ७ हजार ५ सय रुपैँयाका दरले आर्थिक सहयोग गरिएको हो ।
विपदमा परेका महिलालाई पोषिलो खाना र न्यानो कपडाका लागि ३ संस्थाको सहयोगमा नगद सहयोग गरिएको कालिञ्चोक गाउँपालिका वडा नं ५ का वडाध्यक्ष सुवाश थामीले बताए ।
महिलावादी विपद व्यबस्थापन सञ्जाल,अन्तरपुस्ता महिलावादी सञ्जाल र मानवीय सहायता तथा विपद् जोखिम न्युनी सञ्जालको सहयोगमा प्राप्त रकम एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो । कालिञ्चोक गाउँपालिका एवं परिवर्तन नेपाल दोलखाको समन्वयमा गरिएको उक्त कार्यक्रममा कार्यक्रमका प्रमुखअतिथि महिलावादी अधिकारकर्मी रिता थापाले पोषण र न्यानो कपडाका लागि गरेको सहयोग सही रुपमा सदूपयोग गर्न आग्रह गरिन् । थापाले खानपानमा सजग रहन सबैलाई सुझाव दिइन् । पोषणको नाममा हर्लिक्स,चाउचाउ,विस्कुट र सेतो चिनीमा रकम खेर नफाल्नु,आफूले उब्जाएको अन्न बाटै परिकार बनाएर खानु,बारीको सागपातमात्रै खान थापाले सुझाब दिइन् । महङ्गो खानेकुराले हामीलाई पोषण हुदँैन्,बरु ज्वानोको झोल खानुस्, अस्वस्थ खाना आफू पनिनखानु र बच्चालाई पनि नखुवाउन उनको सुझाब रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कालिञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले विपद्को समयमा शिशु तथाआमाको रक्षार्थ सहयोग प्राप्त भएकोमा सहयोगी संस्थालाई धन्यवाद दिइन् । जुनसुकै प्रकारका विपद्मा पनि महिला र बालबालिका बढी जोखिम पर्ने कुरा स्मरण गर्दै पालिकाले यस्ता कुरामा सचेत भएर काम गर्ने पाठकको भनाई रहेको छ
सहयोगी संस्था मानवीय सहयता तथा विपद जोखिम न्युनीकरण सञ्जालकी सदस्यज् वाला पाँडेले विपदमा परेका महिलाका लागि सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । साथै उनले सहयोग रकमलाई सही रुपमा सदुपयोग गर्नपनि आग्रह गरिन् ।
परिवर्तन नेपाल दोलखाकी अध्यक्ष जानुका न्यौपानेको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्दै वडा नं ९ का वडाध्यक्ष सुवास थामीले विपदको समयमा सहयोग प्राप्त भएकोमा खुसी प्रकट गरे । रानी वनपहिरोका कारण स्थानीयबासीले भोग्नु परेको पीडा र व्यवस्थापनमा आएको चुनौतिका विषयमा ध्यानाकर्षण गराए । पहिरो नियन्त्रण वाहिर गएकोले अझै ठूलो क्षतिको सम्भावना बढेको भन्दै नागरिकको सुरक्षाका लागि राज्यले पनि चासो देखाउनु पर्ने धारणा राखेकी थिइन् । कार्यक्रमको सहजीकरण परिवर्तन नेपालकी सचिव मेनुका सुवेदीले गरेकी थिइन् ।

Shares

Be the first to comment on "सुनौला हजार दिन कार्यक्रम अन्र्तगत आमाहरुको लागि आर्थिक सहयोग"

Leave a comment

Your email address will not be published.


*