सुनौला हजार दिनका आमालाई कुखुराको चल्ला वितरण

दीक्षण समाचार
चरिकोट, माघ २५
दोलखाको शैलुङ गाउँपालिकाले १ सय ४ जना सुनौला हजार दिन भित्रका आमालाई १०–१० वटा दरले कुखुराका चल्ला वितरण गरेको छ । बहुक्षेत्रीय पोषण सुधार कार्यक्रम अन्र्तगत हजार दिने आमा तथा बच्चाको स्वास्थ्यमा सकरात्मक सुधारको उद्धेश्यले मंगलबार कुखुराका चल्ला वितरण गरिएको हो । १ र २ वडा बाहेक अन्य वडाका सुनौला हजार दिनका आमाहरुलाई कुखुराको चल्ला बाँडिएको पालिका अध्यक्ष भरत प्रसाद दुलालले बताउनुभयो । सुनौला हजार दिने आमाहरुलाई सहयोग पुगोस् भनेर कुखुराका चल्ला वितरण गरिएको उहाँले जानकारी दिनुभयो । पालिकाको ४ स्थानमा तालिम र कुखुराका चल्ला वितरण कार्यक्रमको लागि तीन लाख ५० हजार रुपैयाँ खर्च भएको पालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "सुनौला हजार दिनका आमालाई कुखुराको चल्ला वितरण"

Leave a comment

Your email address will not be published.


*