काठमाडौँ, ७ असोज –नेपाली बजारमा आज सुनको मूल्य रु पाँच सयले घटेको छ । बुधबार रु ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज रु ८९ हजार ६०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुन बुधबार प्रतितोला रु ८९ हजार ६५० मा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारका तुलनामा आज प्रतितोला रु १० ले घटेको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार १६५ मा कारोबार भएको थियो भने आज प्रतितोला रु एक हजार १५५ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य निर्धारण गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६४ दशमलव आठ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ । –––
सुनको मूल्य रु पाँच सयले घट्यो
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक ७ आश्विन २०७८, बिहीबार १४:४३
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
१० मंसिर २०८१, सोमबार १०:०४
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
१० मंसिर २०८१, सोमबार १०:०३
Be the first to comment on "सुनको मूल्य रु पाँच सयले घट्यो"