सुकुटे दुर्घटना: श्रीमती र काखमा खेलिरहेको छोरालाई गुमाए…

सिन्धुपाल्चोक ।
दशैंदेखि बन्द भएको विद्यालय छठपछि सञ्चालन हुने भएपछि छोराछोरी र श्रीमतीसहित काठमाडौँ फर्कदै गरेको दोलखा शैलुङ गाउँपालिका–३ का जितबहादुर खडकाको साथमा अहिले छोरी मात्रै साथमा छिन् । खड्का आइतबार श्रीमती र छोराछोरी लिएर घरबाट निस्किएका थिए । त्यही पाइलो नै श्रीमती र छोराले घरको मुलढोकामा टेकेको अन्तिम पाइलो भयो । एकै सिटमा रहेकी छोरी र उनी कसरी बचे उनलाई अहिले सम्झना छैन ।

टाउँकामा गम्भिर चोट लागेका खड्का भन्छन्, ‘काखमा छोरो खेलिरहेको थियो, श्रीमती अंगालोमा लोलाई रहेकी थिइन । सँगै रहेकी छोरी पनि दाइ राजिवसँग कुराकानी गर्दे थिइन् । एक्कासी गडंग आवाज आयो । त्यसपछि उनी बोल्नै सकेनन् । सुकुटे भन्दा केही किलोमिटर अगाढी सपरिवार रमाइलोसँग खाना खाएर अघि बढेको ५ मिनेटमा नै खडकाले श्रीमती र छोरालाई सधैंको लागि गुमाउनु प-यो । बाह्रबिसेको यात्रुबसलाई ओभरटेक गरेर अघि बढेको बस फेरी नियन्त्रणमा फर्कन सकेन र खोलामा खस्यो ।

त्यसपछि के कसरी आफु र छोरी बाँचियो पीडामा रहेका खड्काले बताउन सकेनन् । आइतबार भएको विभत्व बस दुर्घटनाको यति खबर मात्रै सुनाउन सके उनले । दुर्घटनामा श्रीमती र छोरा गुमाएका पीडा जति छ त्यसमाथि आफन्तको शवलाई समयमा नै अन्तिम संस्कार समेत गर्न नपाउँदा उनको मन बेचयन भएको छ । दुर्घटनामा घाइते भएका उनी र छोरीलाई एम्बुलेन्सले अस्पतालमा लगेपछि मात्रै उनले छोरा र श्रीमती गुमाएको थाहा पाएका थिए । घाइते अवस्थामा नै श्रीमती र छोराको अनुहार हेर्न प्राथामिक स्वास्थ्य केन्द्र बाह्रविसे आएका खडकाले शवगृह भित्र प्रवेश गर्न साथ बेहोस भए ।

‘बसले बिहानैदेखि अनियन्त्रित भइरहेको थियो । कतिपय यात्रुहरुले यस्तो अनियन्त्रित गरी नचलाउन चालकलाई सचेत पनि गराएका थिए’, त्यो दिनको घटना सम्झँदै खडकाले भने । ‘बसका सबै यात्रु बसमा चढेदेखि नै त्रसित थिए । कसैले बन्देउको शसस्त्र क्याम्पमा यो बसका यात्रु र चालकका बिच तनाव बढेका बसलाई नियन्त्रणमा लिन फोन गरेकोले बन्देउ प्रहरी तयारी हालतमा थियो तर त्यहाँ नआइपुग्दै घटना भयो’ खडकाले रुँदै भने ।

दोलखाको शैलुङमात्रै होइन सिन्धुपाल्चोकको बाह्रबिसे पनि निकै शोकाकुल बन्यो । आफन्त गुमाएका, बेपत्ता भएका र घाइतेका परिवारहरु न्यायको खोजीमा बाह्रबिसे पुगेका थिए । त्यहि समुहमा थिए शैलुङ गाउँपालिकाका सुकमान तामाङ । सुकुटेको दुर्घटनामा बेपत्ता भएकी आफ्नी भतिजीको खाीिजका लागि हातमा ६ वर्षीया भतिजीको फोटो लिएर सुकमान भक्कानी रहेका थिए । मेरो भतिजी जस्तोसुकै अवस्थामा भए पनि पाउन पाए हुन्थ्यो उनी भन्दै थिए ।

लाश पाइयो, न्याय पाइएन

आइतबार १८ जनाको ज्यान जाने गरी भएको सुकुटे बस दुर्घटनाका पीडितहरुले न्याय नपाएको गुनासो गरेका छन् । बस सञ्चालक समिति, प्रहरी प्रशासन तथा अन्य प्रक्रियागत कामको झन्झटलाई सहज नगराइदिएर आफुहरुको पीडाको घाउमा नुन चुक छर्ने काम गरेको पीडितहरुको आवाज छ । अरनिको यातायात कम्पनी अन्तरगत शैलुङश्वरी यातायातले अनाहकमा आफुहरुलाई तीन दिनसम्म अल्मल्याएर राखेको पीडित सुकमान तामाङले बताए ।

आइतबार सुनकोशी नदिमा फेला परेका आफन्तका शवहरु पोष्टमार्टमका लागि बाह्रबिसे स्वास्थ्य केन्द्रमा लगिए पनि सोमबार दिनभर पनि यातायात समितिका मान्छेहरु सम्पर्कमा नआएकाले पीडामाथि तनाव थपेको शैलुङबासीको दुखेसो छ । ‘हामीलाई रातभर बाह्रबिसेको चिसो सडकमा सुताए’, पीडित विरबहादुर खडकाले भने ।

किताब र नोट कापी सग्लै, पढ्नेहरु सधैंका लागि अस्ताए

गाउँमा दशैँ तिहार मनाएर लामो बिदापछि काठमाडौँ फर्केका बसमा सवार यात्रीले गाउँबाट कोशेलीपात पनि सँगै ल्याएका थिए । दुर्घटनास्थलमा यात्रुले ल्याएको कोशेली झोला पोकापन्तुरा यत्रतत्र छरिएको थियो । प्रहरीले छरिएका सामग्री बटुल्दै थिए । बिदामा गृहकार्य गर्न र पढ्न किताब पनि सँगै लिएर गएका साना बालबच्चाहरुको किताब र नोट कापी असरल्ल थियो घटनास्थलमा । साग, अचार, चामल मात्रै होइन मकै पिठो लगायत गाउँका आफन्तहरुले पठाइदिएको सामग्री प्रहरीले संकलन गर्दै गर्दा त्यो दृष्य एकदमै कारुणीक र हृदयविदारक थियो ।

Shares

Be the first to comment on "सुकुटे दुर्घटना: श्रीमती र काखमा खेलिरहेको छोरालाई गुमाए…"

Leave a comment

Your email address will not be published.


*