काभ्रे।सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा घाइते भएका ५० मध्ये ४७ जनाको धूलिखेल अस्पतालमा उपचार भइरहेको छ।
यस्तै ५२ वर्षीय चेतकुमारी बस्नेतको भने उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । उनकाे ठेगाना खुल्न सकेकाे छैन ।
यसैगरी दुई जनालाई बनेपास्थित सिर मेमोरियल अस्पतालमा रिफर गरिएको छ ।
दोलखाको मागादेउरालीबाट काठमाडौं आइरहेको शैलुंगेश्वरी यातायातको बा २ ख ७२४५ नम्बरकाे यात्रुबाहक बस चौतारा साँगाचोकगढी नगरपालिका-९ सुकुटेमा दुर्घटना हुँदा १४जनाको मृत्यु भएको छ ।दोलखाको शैलुङ गाउँपालिका स्थित मागादेउरालीबाट काठमाडौं तर्फ जाँदै गरेकोे बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको थियो । चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकेटे स्थित अरनीको राजमार्गमा भएको दुर्घटनामा थुप्रै यात्रुको ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ ।
शैलुङ्गेश्वरी यातायातको बस दिउँसो एक बजे नदीमा खसेको थियो ।
सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक माधव काफ्लेका अनुसार उद्धारको काम भैरहेकाले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । बस कसरी दर्घटना भयो भन्ने पनि अनुमान गर्न नसकिएको प्रहरी नायब उपरिक्षक काफ्लेले जनाएका छन् । उनका अनुसार उद्धार गरिएका ३५ जनालाई धुलिखेल अस्पताल लगिएको छ भने १ जनाको खाडिचउरस्थित स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।
Be the first to comment on "सिन्धुपाल्चोक बस दुर्घटनाः यी हुन् ४९ घाइते, ४७ जनाको धूलिखेल अस्पतालमा उपचार हुँदै (नामावली)"