सिन्धुपाल्चोकमा साँझ ५ बजेबाट मतगणना

काठमाडौं । पहिलो चरणमा निर्वाचन भएको सिन्धुपाल्चोकमा ५ आज साँझ बजेदेखि मतगणना हुने त्यहाँको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

बुधबार बसेको सर्वदलीय बैठकले सदर–बदरका विषयमा सहमति कायम गरेपछि बिहीबार ५ बजेबाट मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृत दीपक खनालले जानकारी दिए ।

१ लाख १४ हजार ३४४ मतदाता रहेको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ बहालवाला सञ्चारमन्त्री मोहन बस्नेत र पूर्वसञ्चारमन्त्री अग्नि सापकोटासहित १३ जना प्रत्यासी मैदानमा छन् । त्यहाँ करिब ७८ हजार मत खसेको खनालले जानकारी दिए ।

त्यस्तै, २ नम्बर निर्वाचन क्षेत्रमा १ लाख १२ हजार १९६ मतदाता रहेका छन् भने ७७ हजार मत खसेको आँकलन गरिएको छ । त्यहाँ राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणा र वाम गण्ठबन्धनका तर्फबाट शेरबहादुर तामाङ मैदानमा छन् । त्यहाँ ९ जना उमेदवार प्रतिस्पर्धामा छन् ।

Shares

Be the first to comment on "सिन्धुपाल्चोकमा साँझ ५ बजेबाट मतगणना"

Leave a comment

Your email address will not be published.


*