सिन्धुपाल्चोक, २० मङ्सिर : सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको बिकट गुम्बागाउँमा विद्युतीकरण सुरु भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद माधव सापकोटा ‘सुबोध’ले मङ्गलबार विद्युतीकरण उद्घाटन गर्नुभयो । सांसद सापकोटाले गुम्बागाउँमा आयोजित कार्यक्रममा बत्ती बालेर कार्यक्रम शुभारम्भ गर्नुभएको हो । गत वर्ष सुरु भएको विद्युतीकरण कार्यक्रमअन्तर्गत जुगलका लेकालीगाउँ अम्बाखर्क, क्याङसिङ र गुम्बा गरी तीन गाउँमा बिजुली बलेको छ । पूर्वसभामुख अग्निप्रसाद सापकोटा र प्रतिनिधिसभा सदस्य माधव सापकोटाको प्रयासमा जुगल गाउँपालिका–३ का गुम्बा, क्याङसिङ र अम्बाखर्कमा बिजुली पुगेपछि स्थानीय खुसी भएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नहुँदै जुगल हिमाल आरोहणमा सहभागी हुनुभएका सापकोटाले सो क्षेत्रमा बिजुली ल्याउने प्रतिबद्धता चुनावताका गर्नुभएको थियो । विद्युतीकरण शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष रेशम स्याङबो, विद्युत् प्राधिकरण लामोसाँघु वितरण केन्द्रका प्रमुख दीपक सापकोटा, माओवादीका जुगल गाउँपालिका अध्यक्ष ईश्वर गुभाजु, पदम श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो । माथिल्लो भेगका गाउँ तेम्बाथान, दीपु र तेगामा विद्युतीकरणका लागि प्रसारण लाइन निर्माण भइरहेको छ । यही रफ्तारमा काम हुँदा आगामी वैशाखसम्म बाँकी तीनवटै गाउँमा बत्ती बल्ने गाउँपालिका अध्यक्ष स्याङबोले बताउनुभयो । चर्चित जुगल पर्यटकीय क्षेत्र हिमाल जाने बाबाखर्क, क्याङसिङ र गुम्बाका तीन सय घरमा बिजुली पुगेपछि पर्यटकलाई सहज भएको छ । –––
सिन्धुपाल्चोकको विकट गाउँमा बिजुली
Posted By: दीक्षण दैनिक २० मंसिर २०८०, बुधबार १३:१९
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "सिन्धुपाल्चोकको विकट गाउँमा बिजुली"