दिपक बस्नेत –श्री सीतापाइला माध्यमिक विद्यालयको ४४ औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । तामाकोशी गाउँपालिका वडा नम्वर तिन जफे दोलखामा रहेको विद्यालयले आफ्नो ४४ औं बार्षिक उत्सव तथा अभिभावक भेलाको अवसर पारेर नयाँ भवनमा भित्तेपत्रिका सुरुवात गर्ने भएको छ । भित्तेपत्रिका वोडको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्य्र पोखरेलले गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्धव पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले विद्यालयलाई आवश्यकता अनुसारको जुनसुकै सहयोग गर्न गाउँपालिका तयार रहेको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यपक अर्जुन गौतमले विद्यालयको प्रतिवेदन प्रस्तुत गदै आगामी योजनामा १ देखि ५ कक्षा सम्म मल्टिमिडिया मार्फत पढाइ गरिने बताए । तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफेका वडा अध्यक्ष रामप्रसाद काफ्लेको विषेश आतिथ्यतामा भएको कार्यक्रममा उत्तम पोखरेल स्मृति अक्षयकोष, कृष्ण बहादुर पोखरेल स्मृति अक्षय कोष, पुण्य प्रसाद मनमाया स्मृति अक्षयकोष, गंगा बहादुर स्मृति अक्षयकोष र सुरधा काफ्ले स्मृति अक्षयकोष मार्फत विद्यार्थीलाई छात्रबृद्धि वितरण गरिएको थियो । कार्यक्रममा विद्यालय अभिभावक संघका अध्यक्ष सुरज अधिकारी, अभिभावक कृष्ण बहादुर भण्डारी, व्यवस्थापन समितिका सदस्य चिरन्जीवि काफ्ले, कालापानि माध्यमिक विद्यालयका प्रधानाध्यपक शुकदेव पोखरेल लागयतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको अवसवर पारेर पुर्व्शिक्षक, विद्यार्थी, कर्मचारी लागएतलाई सम्मान गरिएको थियो ।
सितापाइलामा मल्टी मिडिया मार्फत पढाई हुने
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक २२ फाल्गुन २०७६, बिहीबार १९:३०
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "सितापाइलामा मल्टी मिडिया मार्फत पढाई हुने"