सिंगटी हाइड्रोपावरको प्रगति ८१ प्रतिशत

दीक्षण समाचार
सिंगटी, १९ भदौ
सिंगटी खोलामा निर्माणधीन २५ मेगावाटको सिगंटी जलविद्युत आयोजना ८१ प्रतिशत पूरा भएको छ । सिंगटी हाइड्रो इनर्जी लिमिठेडले २ वर्ष अवधिमा आयोजनाको निर्माण अन्तिम चरणमा पु¥याएको हो । आयोजनाको बाँध क्षेत्रमा ९८ प्रतिशत निर्माण सकिएको आयोजनाका निर्देशक काजी लामाले जानकारी दिए ।
उनका अनुसार बाँध क्षेत्रमा २ प्रतिशत ‘फिनिसिङ’को काम बाँकी छ । आयोजनाको मुख्य सुरुङ ८१ प्रतिशत पूरा भएको छ । ६ किलोमिटर लामो सुरुङ ४.८ किलोमिटर खनिसकिएको मिछानेले बताए । अब १.२ किलोमिटर सुरुङ खन्न बाँकी छ । ‘छोटो समयमा सुरुङ निर्माणमा ठूलो सफलता मिलेको छ,’ उनले भने, ‘इनलेटतर्फको १.६ किलोमिटर खनिएको छ । असोजभित्र बाँकी २ सय मिटर पूरा गर्ने लक्ष्य राखेका छौं ।’ इनलेटबाट १.६ किलोमिटर सुरुङ खनिनु ऐतिहासिक भएको आयोजना प्रमुख मनहरि सापकोटाले दाबी गरे । माघभित्र मुख्य सुरुङ छेड्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।
शिरिसघारीस्थित कात्तिके गाउँमा निर्माण भईरहेको विद्युतगृहको ५० प्रतिशत काम सम्पन्न भएको छ । विद्युतगृहको आधा काम बाँकी छ । चैतभित्र विद्युतगृहको निर्माण पूरा हुने कम्पनीले जनाएको छ । सरकारले प्रतिश्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको अनुमति दिएको आयोजनाबाट २०७६ बैशाख १ गतेदेखि विद्युत उत्पादन गर्ने तालिका छ । तर ३ महिना जति ढिला हुन सक्ने उनले बताए ।
विद्युतगृहमा १२.५ मेगावाट क्षमताका २ युनिट राखेर विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको सिंगटी सबस्टेसनमा लगेर जोडिनेछ । ४ अर्ब ६३ करोड लागत अनुमान गरीएको यस आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । १ अर्ब ४५ करोड स्वपुँजी लगानी रहेको छ । १६ मेगावाटमा निर्माण सुरु गरिएको आयोजना ९ मेगावाट क्षमता बढाएर २५ मेगावाट पुर्याइएको होे ।

Shares

Be the first to comment on "सिंगटी हाइड्रोपावरको प्रगति ८१ प्रतिशत"

Leave a comment

Your email address will not be published.


*