सामुदायिक वन महासंघ ९ वटै स्थानीय तहमा

चरिकोट÷सामुदायिक वन उपभोक्ता महासंघ नेपालले दोलखाका ९ वटै स्थानीय तहमा आफ्नो सञ्जाल विस्तार गरेको छ । शनिबार मेलुङ गाउँपालिका र कालिञ्चोक गाउँपालिकामा गाउँपालिका स्तरीय महासंघ गठन गरेपछि सबैमा सञ्जाल विस्तार गरेको हो ।
मेलुङ गाउँपालिका महासंघको अध्यक्षमा कृष्ण योगी चयन भएका छन् भने कालिञ्चोकमा डम्बर आचार्य चयन भएका छन् । देश संघीय संरचनामा पुर्न संरचना भए अनुसार वन उपभोक्ता महासंघ पनि स्थानीय तहमा विस्तार गरेको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दोलखाका सचिव ध्रुव अचार्यले जानकारी दिए । स्थानीय तहमा महासंघ गठन भएपछि जिल्ला समन्वय महासंघ मात्र रहने उनले बताए ।
स्थानीय तहको संरचना अनुसार भीमेश्वर नगरपालिकाको अध्यक्षमा ज्ञानेन्द्र प्रधान, जिरी नगरपालिकामा टपेन्द्र खड्का, वैतेश्वर गाउँपालिकामा गोमा दाहाल अध्यक्षमा चयन भएका छन् । त्यसैगरी तामाकोसी गाउँपालिकामा अम्बिका पोखरेल, गौरीशंकरमा भुवन गुरुङ, विगूमा भुवनराज आचार्य र शैलुङ गाउँपालिामा झंक कार्की चयन भएका छन् ।
महासंघको विधान अनुसार स्थानीय महासंघमा ५० प्रतिशत महिला सहभागी अनिवार्य गराएको सचिव आचार्यले बताए । पदाधिकारीहरुमा पनि अध्यक्षमा पुरुष भए सचिव महिला बनाएको बताए । कार्यकारीणी २ पदमा महिलालाई न्यूनतम् ५० प्रतिशत सुनिश्चित गरिएको छ ।

Shares

Be the first to comment on "सामुदायिक वन महासंघ ९ वटै स्थानीय तहमा"

Leave a comment

Your email address will not be published.


*