ईश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक ३०
सामुदायिक मेलमिलापकर्ता समाज नेपाल जिल्ला शाखा दोलखाको अध्यक्षमा पुनः स्टालिन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
शुक्रबार सम्पन्न समाजको दोस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् ।
त्यसैगरि उपाध्यक्षमा लक्ष्मी डोल्मा तमाङ, सचिवमा तारा बहादुर महत, सह–सचिवमा आङिमा शेर्पा, कोषाध्यक्षमा चुडा बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
जय प्रसाद शिवाकोटी, प्रेम बहादुर कार्की, रामशरण ओली, र रामशरण खड्का सदस्यमा चयन भएका छन् । साधारणसभा तथा अधिवेशनमा समाजका सचिव तारा बहादुर महतले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष चुडा बहादुर श्रेष्ठले १ लाख ७२ हजारको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समाजमा हाल साधारण सदस्य १ सय १ जना, आजीवन सदस्य २३ गरि १ सय ३७ जना सदस्य रहेको समाजले जनाएको छ ।
जिल्लामा छरिएर रहेका तालिम प्राप्त मेलमिलाप कर्ताहरुलाई एकताबद्ध गराई समुदायमा शान्ती स्थपनाका लागि २०७४ माघ २० गते समाजको गठन भएको थियो । जिल्ला न्ययाधिश कवि प्रसाद न्यौपाने, दोलखाका प्रहरी नायब उपरिक्षक मान बहादुर राई, नेपाल बार एसोसियन दोलखाका सचिव राजेन्द्र नारायण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
Be the first to comment on "सामुदायिक मेलमिलापकर्ता समाज नेपाल जिल्ला शाखा दोलखाको अध्यक्षमा पुन ः श्रेष्ठ"