सामान्य ज्ञान भाग १

१. युवा संसद् नेपालद्वारा आयोजित ‘ग्लोबल युथ पिस कन्फ्रेन्स– २०१८’ कहिले र कहाँ सम्पन्न भयो ?
– वि.सं. २०७४ पुस २९–३० (सन् २०१८ जनवरी १३–१४), काठमाडौं
– विश्वभरका युवाका साझा समस्या र सरोकारबारे केन्द्रित रही विभिन्न ३३ राष्ट्रका युवा प्रतिनिधि युवा अन्तर्राष्ट्रिय सम्मेलनमा रहभागी भएका ।
– सम्मेलनमा जलवायु परिवर्तन, लोकतन्त्र र सुशासन, सामाजिक उद्यमशीलता, युवा सहभागिता र शान्तिका लागि साँस्कृतिक कूटनीतिक सम्बन्ध लगायतका विषयमा छलफल भएको ।

२. चलचित्र तथा टेलिचलचित्रलाई एकसाथ दिइने हलिउडको प्रख्यात ‘गोल्डेन ग्लोब्स अवार्ड– २०१७’ मा उत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले जित्यो ?
– ‘थ्री बिलबोर्डस् आउटसाइड एविड, मिजौरी’
– सोही चलचित्रले उत्कृष्ट अभिनेतृ, उत्कृष्ट पटकथा साथै उत्कृष्ट सहअभिनेता विधामा समेत अवार्ड आफ्नो पोल्टामा पार्न सफल भएको ।
– ओस्कार अवार्ड पछिको महत्वपूर्ण अवार्डका रूपमा हेरिने सो ‘गोल्डेन ग्लोब्स अवार्ड’ मा उत्कृष्ट मोसन पिक्चर (विदेश भाषामा) को अवार्डबाट जर्मनीको इन द फेड पुरस्कृत भएको ।
– त्यस्तै उत्कृष्ट अभिनेता मोसन पिक्चर ड्रामाः गेरी बल्र्डम्यान (डार्केस्ट आवर), उत्कृष्ट अभिनेत्री मोसन पिक्चर ड्रामाः फ्रोन्सेस म्याकडरम्यान्ड (‘थ्री बिलबोर्डस् आउटसाइड एविङ, मिजौरी’) लाई प्रदान गरिएको ।
– उत्कृष्ट निर्देशकमा गुलेर्मो डेल टोरो (द सेफ अफ वाटर) एवम् उत्कृष्ट अभिनेत्री म्युजिकल र कमेडीमा साओराइज रोनन (लेडी बर्ड)लाई प्रदान गरिएको ।

३. दुई लाख रुपियाँ र राशिको पहिचान पुरस्कार– २०१८ बाट सम्मानित कृति कुन हो ?
– पत्रकार तथा लेखक यज्ञशको ‘भुइँया’
(सन् २०१७ मा अर्जुन खालिङको कृति ‘गोयाङ्कको सुगन्ध’लाई सो पुरस्कार प्रदान गरिएको ।)

४. नेपालमा चिनियाँ इन्टरनेट कहिलेदेखि सञ्चालनमा आएको हो ?
– वि.सं. २०७४ पुस २८
– स्थलमार्गबाट रसुवा हुँदै अष्टिकल फाइवरमार्फत इन्टरनेट कनेक्सन जोडिएको ।
– अव विश्व परिवेशमा नेपालको सूचना मार्ग भारत र चीन दुवैतिरबाट सम्भव भएको ।

५. सरकारले सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय कहिले स्थापना गरेको हो ?
– वि.सं. २०७४ पुस २९

६. नेपालमा योगदिवस कहिले मनाउने गरिन्छ ?
– माघ १
(वि.सं. २०७२ साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको । वि.सं. २०७४ माघ १ मा तेस्रो राष्ट्रिय योग दिवस मनाइएको ।)

७. माघे सङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठा परिकार खुवाउने चलन कहाँ रहेको छ ?
– नेपालको सुदूर पश्चिम
(सुदूर पश्चिमका पहाडी जिल्लामा पुसे तिहार अर्थात् माघेसङ्क्रान्तिका दिन कागतिहार मनाउने चलन रहेको । हरेक वर्ष पौष मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने चलन रहेको । उक्त खानेकुरा माघेसङ्क्रान्तिका दिन बिहानै नुहाइधुवाई गरी कागलाई बोलायर खुवाउने प्रचलन रहेको ।)

८. सिन्धुपाल्चोक जिल्लामा निर्माणधीन मध्ये भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ ?
– १०२ मे.वा.

९. सरकारले सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्न तथा आउँदो पुस्तालाई धूमपान मुक्त गर्ने उद्देश्यका साथ सुर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति कहिले सार्वजनिक गरेको हो ?
– वि.सं. २०७४ पुस २८
(नेपालमा २०६८ सालमा आएको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐनलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउन यो रणनीति तर्जुमा गरिएको । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐनलाई २०७२ जेठ १ देखि संशोधनसहित कार्यान्वयनमा ल्याइएको । उक्त ऐन अनुसार सुर्तीजन्य पदार्थको बट्टा तथा प्याकेट प्याकेजिङमा ९० प्रतिशत चेतावनीमूलक सन्देश तथा चित्र छाप्नुपर्ने व्यवस्था गरिएको ।)

१०.सरकारले २०३६ सालमा धनकुटाको छिन्ताङमा तत्कालीन राज्य पक्षद्वारा मारिएकालाई सहिद घोषणा कहिले गरेको हो ?
– वि.सं. २०७४ पुस २८

Shares

Be the first to comment on "सामान्य ज्ञान भाग १"

Leave a comment

Your email address will not be published.


*