1. हाल विश्वको कूल जनसंख्याको कति
प्रतिशत हिस्सा सहरी क्षेत्रमा बसोबास
गरेको पाइन्छ ?
– ४३%
2. दिगो विकासका लागि नेपालमा सर्वप्रथम
लागू भएको रणनीति कुन हो ?
– राष्ट्रिय संरक्षण रणनीति
3. एजेण्डा २१ मा आधारित दिगो विकास
कार्यक्रम कुन कुन तीन जिल्लाहरुमा लागू छ ?
– दाङ, सुर्खेत र कैलाली
4. नेपालमा कति प्रकारका पारिस्थितिक
प्रणालीहरु पाइन्छन् ?
– ११८ प्रकार
5. जैविक विविधताको हिसाबले विश्वको
सबैभन्दा धनी मुलुक कुन हो ?
– इण्डोनेसिया
6. नेपालको लालीगुराँसको राजधानी भनेर कुन
ठाउँलाई चिनिन्छ ?
– तिनजुरे-मिल्के- जलजले, तेह्रथुम
7. नेपाल जीन बैंकको स्थापना कहिले भएको
हो ?
– वि.सं. २०६७ असोज २१
8. नेपालको सेनारहित एकमात्र संरक्षण क्षेत्र कुन
हो ?
– मकालु बरुण संरक्षण क्षेत्र
9. शुक्लाफाँटा घाँसे मैदान कति क्षेत्रफलमा
फैलिएको छ ?
– ५४ व.कि.मि.
10. नेपालमा सबैभन्दा बढी हाब्रो अर्थात्
रेडपाण्डा भएको जिल्ला कुन हो ?
– ताप्लेजुङ
11. ओजन तह कसले पत्ता लगाएका हुन् ?
– जे.सि. फारम्यान
12. जलप्रकोपका कारण हुने क्षतिमा नेपाल
विश्वका कतिऔं स्थानमा रहेको छ?
– ३०
13. रुखको पात हल्लिँदा कति डेसिबल ध्वनी
निस्कन्छ ?
– १० डेसिबल
14. क्योटो घोषणा पत्रमा कति धारा रहेको
छ ?
– २७ धारा
15. विश्व बाघ दिवस कहिले मनाइन्छ ?
– जुलाई २९
16. PH को पूरा रुप के हो ?
– Potential of Hydrogen
17. काठमाण्डौं महानगरपालिकालाई कहिले
प्लास्टिक झोलामुक्त क्षेत्र घोषणा गरिएको
हो ?
– 2072 असार 1 (Declared in 2072.01.01 but
later amended to 2072.03.01)
18. नेपालमा कुन दिनलाई वनस्पति दिवसको
रुपमा मनाइन्छ ?
– चैत्र २९
19. नेपालमा पहिलो पटक कुन बिरुवाको DNA
परीक्षण गरिएको हो ?
– चिराइतो
20. नेपालमा वातावरण संरक्षण नियमावली कुन वर्षदेखि लागू भयो ?
– वि.सं. २०५४
21. ‘नर्मदा बचाउ’ अभियान कुन व्यक्तिसँग
सम्बन्धित छ ?
– मेघा पाटेकर
22. ह्युगो कार्ययोजना केसँग सम्बन्धित छ ?
– प्राकृतिक प्रकोप व्यवस्थापन
23. वातावरण परिवारको अध्यक्ष को हुन्छ ?
– प्रधानमन्त्री
24. बहुचर्चीत चीपको आन्दोलनका अगुवा को
हुन् ?
– सुन्दरलाल बहुगुणा
25. क्योटो सम्मेलन कहिले भएको थियो ?
– सन् 1997
26. सौर्य किरणबाट उपचार गर्ने विधिलाई के
भनिन्छ ?
– हेलियोथेरापी
Be the first to comment on "सामान्य ज्ञान बिशेष"