सामाजिक सुरक्षा भत्ता काट्ने नभई बढाउन प्रयत्नरत छ ˸ मन्त्री गुरुङ

चरिकोट (दीस) – नेपाल सरकारका महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सरकारले सामाजिक सुरक्षा भत्ता कटौती नगर्ने स्पष्ट पारेका छन् । अशक्त, एकल महिला लगायतले विगतमा पाउँदै आएको भत्ता कटौती भन्दा सरकारले बढाउने प्रयास गरिरहेको मन्त्री गुरुङले बताए ।

सरकारले अतिअशक्त, अपांगता भएका व्यक्ति एवं ६० वर्ष मुनिका असहाय, एकल महिलाहरुलाई विगतमा दिँदै आएको सामाजिक सुरक्षा भत्ता हाल वितरण नगर्ने समाचार बाहिर आएका बेला मन्त्री गुरुङले त्यसबारे सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् । ‘सरकार पाई आएको सामाजिक सुरक्षा भत्ता काट्ने नभई बढाउन प्रयत्नरत छ । विधवा भत्ता र निलो कार्ड भएका अति अशक्तले पाउने भत्ता काटिने छैन, उनले भनेका छन् ।’

समाजिक संन्जालमा यस्तो छ प्रतिक्रिया
पाई आएको सामाजिक सुरक्षा भत्ता काट्ने नभई बढाउन प्रयत्नरत छ सरकार । विधवा भत्ता र निलो कार्ड भएका अति अशक्तले पाउने भत्ता काटिने छैन । समस्याको दीर्घकालिन समाधानका लागि सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय, कानून मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग ऐन र नियमावली संशोधनका लागि पहल भईरहेको छ । तपाईंहरु सबैको धैर्यता र संयमताको सम्मान र प्रशंसा गर्दछु ।

Shares

Be the first to comment on "सामाजिक सुरक्षा भत्ता काट्ने नभई बढाउन प्रयत्नरत छ ˸ मन्त्री गुरुङ"

Leave a comment

Your email address will not be published.


*