सामाजिक लेखा परीक्षण बैठक सम्पन्न

चरिकोट (दीस) ः दोलखा लायन्स सर्जिकल आँखा केन्द्रले सोमबार सामाजिक लेखा परीक्षण बैठक सम्पन्न गरेको छ । भीमेश्वर नगरपालिकाको वडा २ स्थित केन्द्रमा दोलखाका सरोकारवालासँग उक्त सामाजिक परिक्षण गरिएको हो । केन्द्रका सल्लाहकार शान्तकृष्ण श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा तिलगङ्गा आँखा प्रतिष्ठानका बाह्रय कार्यक्रम प्रबन्धक डाक्टर मोहन कृष्ण श्रेष्ठले केन्द्रका कार्यक्रमहरू र सामाजिक लेखा परीक्षणको बारेमा सरोकारवालाई जानकारी गराउनु भएको थियो । दोलखा लायन्स सर्जिकल आँखा केन्द्रलाई २०६० सालमा लायन्स क्लब अफ दोलखाले स्थापना गरेको जनाइएको छ । २०६७ सालदेखि तिलगङ्गा आँखा प्रतिष्ठान र लायन्स क्लब अफ दोलखाले शाखाको रूपमा सञ्चालन गर्दै आएको सल्लाहकार श्रेष्ठले जानकारी दिनु भयो। केन्द्रले दोलखामा सर्जिकल आँखा केन्द्र , सामुदायिक आँखा केन्द्र (चरिकोट र जिरी), र ग्रामीण आँखा केन्द्र (सिंगटी, बैतेश्वर, र तामाकोशी)मा सेवा प्रदान गर्दै आएको डाक्टर मोहन कृष्ण श्रेष्ठले जानकारी दिनु भयो । केन्द्रका प्रमुख विप्लव खड्काका अनुसार केन्द्रबाट ओपिडीबाट ७३हजार ७ सय ४३ जनाको आँखा परीक्षण गरेका छन् । त्यस्तै केन्द्रले समुदायमा आयोजना गरिएका शिविरमा १ लाख ९ हजार ३ सय १४ जनाको आँखा परीक्षण गरिएको छ । यसका साथै, ३हजार ६ सय ३३ जनाको मोतिया बिन्दुको अपरेशन गरिएको छ। दोलखामा केन्द्र मा अन्धोपन निवारण परियोजना सञ्चालन भइरहेको केन्द्रले जनाएको छ । जसमा आँखा शिविर, निशुल्क सल्यक्रिया, क्षमता अभिवृद्धि तालिम, ग्रामीण आँखा केन्द्रको स्थापना, र विद्यालय आँखा कार्यक्रम जस्ता गतिविधिहरू समावेश भएको बैठकमा जानकारी दिइएको थियो ।

 

Shares

Be the first to comment on "सामाजिक लेखा परीक्षण बैठक सम्पन्न"

Leave a comment

Your email address will not be published.


*