साथी बचाउन विद्यार्थीहरु ५ दिनदेखि चिया बेच्दै

दोलखा, २१ माघ
सदरमुकाम चरिकोटमा रहेको गौरीशंकर बोर्डिङ स्कूलका केही विद्यार्थीले ब्लड क्यान्सरबाट पीडित आफ्नो साथीलाई बचाउन ५ दिनदेखि चिया बेचिरहेका छन् । साथीको उपचारका लागि आर्थिक संकलन गर्न उनीहरु चिया चिया बेच्न लागेका हुन् ।
सदरमुकाम चरिकोटकै कालिञ्चोक उच्च माविमा कक्षा ९ मा अध्यन गर्ने साथी मदन केसी ब्लड क्यान्सरबाट पीडित भएर उपचार गराई रहेकाले उनको सहयोगको लागि उनीहरु विद्यालय समय बाहेके विहान बेलुकाको समयमा चिया बेचेर आर्थिक सहयोग संकलन गरिरहेको चिया बेच्न सक्रिय आशिष चौलागाईले बताए ।
‘हामी हाम्रो साथी मदनलाई बचाउँछां’ै भन्ने नाराका साथ चरिकोट स्थित गौरीशंकर बोर्डिङ स्कूलका विद्यार्थीहरुले सुरु गरेकोे चिया बेच्ने अभियानमा कक्षा ७ मा अध्यनरत आशिषसंगै ब्लड क्यान्सरबाट पीडित मदनको बैनी कक्षा ६ मा अध्यनरत मनिषा केसी, कक्षा ७ मा अध्यनरत एलिना पोखरेल लगाएत सहभागि भए् ।
उनीहरुको अभियानको सुरुवात भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले गरेका थिए । नगरप्रमुख केसीले चिया पिए वापत ५ हजार सहयोग गरेका थिए । चरिकोटको मुख्य चोकमा सुरु भएको अभियानमा चिया पिए वापत कुनै शुल्क निर्धारण गरिएको छैन् । मानिसहरु आएर चिया पिउँछन् र आफ्नो गच्छे अनुसार एक सय देखि १० हजारसम्म सहयोग पेटिकामा सहयोग रकम राखिदिने गरेका छन् ।
दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले ७ हजार ७७७ रुपैंया सहयोग गरे । हरेक विहान र बेलुकी चिया बेच्छन् । चिया बिक्रीबाट संकलित रकम साँझ नजिकैको सातदोबाटो प्रहरी चौकीमा लगेर गणना गरिन्छ, र हरेक दिन उठेको रकम एउटा फ्लेक्स पेपरमा लेखेर सार्वजनिक गरिन्छ ।
‘हामी यो अभियान माघ २४ गतेसम्म सञ्चालन गर्ने छौं र उठेको रकम पीडित मदनको बुबा नारायण केसीलाई दिने छौं’ – अभियानमा संलग्न विद्यार्थी एलिना पोखरेलले भनिन् । अभियानमा संगै रहेकी पीडितको बैनी मनिषा केसी साथीहरुले आफ्नो दाइको सहयोगको लागि सुरु गरेको अभियानले आफुलाई निक्कै खुशी बनाएको उल्लेख गर्दै सबैबाट यसैगरी सहयोग भए दाइले पुर्नजीवन पाउने कुरामा आफु आशावादी रहेको बताउछिन् ।
कालिञ्चोक उच्च माविमा कक्षा ९ मा अध्यनरत भीमेश्वर नगरपालिका वडा नम्बर ५ का १४ बर्षिय मदन केसी विगत एक महिनादेखि ब्लड क्यान्सरबाट पीडित भएर काठमाडौँको सिभिल अस्पतालमा उपचार गराई रहेका छन् । डाक्टरले छोराको उपचारको लागि १५ लाख भन्दा बढी खर्च लाग्ने बताएको मदनका बुबा नारायणले सुनाए ।
उपचारमा दैनिक ५० हजार खर्च भै रहेको र आफ्नोे आर्थिक अवस्था कम्जोर रहेकोले सहयोगको अपेक्षा गरेको बुबा नारायण बताउँछन् । छोराको साथीहरुले सुरु गरेको अभियानले छोरा बचाउन सकिन्छ की भन्ने आत्मविश्वास बढेको उनको भनाई छ । अभियानको पाँचौं दिनसम्म २ लाख ७७ हजार ३२० रुपैंया संकलन भएको अभियानमा विद्यार्थीलाई साथ दिदै आएकी गौरीशंकर बोर्डिङ स्कुलकी शिक्षक विन्देश्वरी खतिवडाले बताईन ।
यसै बीच ब्लड क्यान्सर पीडित मदन केसीको उपचारमा सहयोग गर्न गौरीशंकर बोर्डिङ स्कुलका शिक्षक राजन बुढथोकीले बिभिन्न व्यक्तिबाट संकलन गरेको एक लाख ३० हजार आठ सय ७० रुपँैया प्रतिनिधिसभाका सदस्य पार्वत गुरुङले पीडित केसीको बुबा नारायण केसीलाई हस्तान्तरण गरेका छन् । चिया बेच्नका लागि स्कुलमा ५, ६ र ७ कक्षाका विद्यार्थीहरु पालैपालो सहभागी हुन्छन् । विहान एउटा समूह हुन्छ भने बेलुका अर्कै समूह हुने गरी विद्यार्थीहरु आफैंले पालो निर्धारण गरेको शिक्षिका खतिवडाले बताइन् ।
आइतबार जिल्ला समन्वय समिति दोलखाका सूचना अधिकृत विक्रम कार्कीले एक कप चिया पिएर पाँच सय निकालेर दिए । ‘यो अभियान असाध्यै राम्रो लाग्यो’, उनले भने ‘सानो सानो सहयोगले कसैको ज्यान बच्छ भने किन सहयोग नगर्ने ?’ चरिकोट सातदोबाटो चोकमै चिया बेच्न लागेकाले गाडी चढ्ने र आर्लने अधिकाँश यात्रुहरु चिया पिएर इच्छा अनुसार भुक्तानी गर्ने गरेका छन् ।

Shares

Be the first to comment on "साथी बचाउन विद्यार्थीहरु ५ दिनदेखि चिया बेच्दै"

Leave a comment

Your email address will not be published.


*