चरिकोट –दोलखाको चरिकोटमा रहेको गौरिशंकर सामुदायिक पुस्तकालयको आयोजना भएको साङकेतीक भाषा सिकाउने तालिम आज समापन भएको छ ।
गौरिशंकर सामुदायिक पुस्तकालयको आयोजना तथा रिड नेपालको सहयोग भएको तालिममा विभिन्न क्षेत्रका २४ जनाको सहभागिता रहेको थियो । विहिवार देखि साङकेतिक भाषा सिकाउन तालिम दिइएको थियो । तालिममा सहभागिले तालिमले धेरै कुरा सिकेको बताए। तालिममा सहभागि मनिल दहालले यस्तो तालिम सवै क्षेत्रमा दिनु पर्ने बताए ।
समुदायमा अन्यले साङकेतिक भाषा नबुझदा कान नसुन्ने अपाङगहरुलाई विभिन्न कार्यालय समुदायहरुमा समस्या हुने गरेको र विपद्धको समयमा समय साङकेतीक भाषाको माध्यमबाट उनिहरुसंग कुरा गर्न सकयोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको गौरिशंकर सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्ण वस्नेतले बताए । पाँच दिन सम्म सिकाइने साङकेतीक भाषा सिक्नका लागि दोलखा जिल्ला स्थिति सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधी, समुदाय र अपाङगता भएका व्यक्तिहरुको सहभागिता भएको संस्थाका सचिब नवराज न्यौपाने बताए । समय परिवर्तन सँगै विकासको परिभाषा परिवर्तन भएको यस्ता तालिमले समाज रुपान्तरण गर्न सहयोग पुग्ने जिल्ला समन्वय दोलखाका समन्वय अधिकारी टंक पाण्डेले बताए । दोलखाको सदरमुकाम चरिकोटमा रहेको गौरिशंकर सामुदायिक पुस्तकालयले जनचेतना तथा विपद्ध व्यवस्थापनको क्षेत्रमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।
Be the first to comment on "साङकेतिक भाषा सिकाउने तालिम आज समापन"