सहयोगापेक्षी सडक मानव मुक्त बन्दै दोलखा

इश्वर बिश्वकर्मा
चरिकोट, माघ १०
नेपाललाई २०७८ सालभित्रै सहयोगापेक्षी सडक मानव मुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यका साथ उद्धार अभियान तिब्र पारिएको छ । उक्त अभियान अन्तर्गत मानव सेवा आश्रमसँगको सहकार्यमा विभिन्न जिल्लाबाट सहयोगापेक्षी सडक मानवको उद्धार कार्य जारी रहेकाे छ । यसैबिच दोलखामा पनि बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन सहयोगापेक्षी सडक मानवको उद्धार कार्य निन्तर चलिरहेको छ ।

शनिबार मानवसेवा आश्रमका २६ जनाको टोली सहित स्थानीय सरकार, प्रशासन, प्रहरी, मानव अधिकारकर्मी, पत्रकार तथा स्थानीयको रहोवरमा मानव सेवा आश्रमको राष्ट्रिय उद्धार कार्यक्रम अन्तर्गत भीमेश्वर नगरपालिका क्षेत्रबाट ६ जना सहयोगापेक्षी सडक मानवहरुको उद्धार गरिएको छ। सडकमा बिनाकाम भौँतारिरहेका, बेसहारा भई सडकको जीवन बिताइरहेका र मानसिक रुपमा विचलित व्यक्तीहरुको पहिचान गरि उद्धार गरिएको हो ।सहयोगापेक्षी व्यक्तीहरुलाई नुहाइदिएर,  कपाल काटिदिएर र नयाँ लुगा लगाइदिएर उद्धार गरिएकाे समाजसेवी एवम् अधिकारीकर्मी राजन बस्नेतले बताए । उद्धार गरिएका मध्ये ४ जना जेष्ठ नागरिक महिला रहेका छन् । १ जना किशोरी र १ जना पुरुष रहेका छन्। उद्धार गरिएका व्यक्तीहरुलाई मानव सेवा आश्रम धुलिखेल र भक्तपुरमा व्यवस्थापन गरिएको मानवसेवा आश्रमका केन्द्रिय कोषाध्यक्ष होमनाथ तिम्लसिनाले बताए ।

यसअघि सहयोगापेक्षी सडक मानव मुक्त राष्ट्र घोषणाको अभियान अन्र्तगत पुस महिनामा चरिकोट बजार क्षेत्रबाट २ जना र जिरी बजार क्षेत्रबाट ३ जना गरि ५ जना सहयोगापेक्षी सडक मावनको उद्धार गरिएको थियो । यससगैँ दोलखाबाट ११ जना सहयोगापेक्षी सडक मानवहरुको उद्धार गरिएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालय हेटौँडाका सहजकर्ता बद्री पौडेलले बताए ।

बेवारिसे व्यक्तीहरुको मानव सेवा आश्रमले उद्धार गर्दै आएको छ र दोलखाकाका बेवारिसे अवस्थामा रहेकाहरुको पनि उद्धार गरिएको हो ।” उनले भने । अझै सडक मानव देखिएको खण्डमा मानव सेवा आश्रमलाई जानकारी गराई उद्धार गरिने र दोलखालाई सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गरिनेछ ।“ शनिबार सहयोगापेक्षी मानवको उद्धार गर्नु अघि गरिएको अाैपचारिक कार्यक्रममा मानवसेवा आश्रमका केन्द्रिय कोषाध्यक्ष  तिम्लसिनाले सडक मानव मुक्त राष्ट्र अभियानमा सबैले साथ सहयाेग गर्नुपर्ने बताए ।   जन्मदिन,  विवाह,  वर्षगाँठ,  पितृहरुकाे पुण्यतिथी,  पदाेन्नति,  पर्व लगायत विभिन्न अवसरहरुमा भाेजन सेवा,  नगद जिन्सी तथा सहयाेग उपलब्ध गराए वा अाफ्नाे इच्छा अनुसारकाे सहयाेग उपलब्ध गराएर सडक मानव उद्धार अभियानमा अाश्रमलाइ सहयाेग गर्न उनले  अनुराेध गरेका छन् ।  जिल्ला समन्वय समितिका उपप्रमुख मनमाया जिरेल, भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, उपप्रमुख कमला बस्नेत, प्रमुख जिल्ला अघिकारी रमेश प्रसाद शिवाकोटी, प्रहरी प्रमुख डियस्पी भेषराज रिजाल, स्वास्थ्य कार्यालय दोलखाका विभु झाले सहयोगापेक्षी मानवको उद्धार गरि मानव सेवा आश्रमले मानवताको कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । साथै आ–आफ्नो तहतप्काबाट सडक मानव मुक्त जिल्ला घोषणाको निम्ति सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा आवाज नेपाल दोलखाकी अध्यक्ष सिर्जना कार्की, अधिकारीकर्मी मेनुका सुवेदी लगायतको उपस्थित रहेको थियो ।

Shares

Be the first to comment on "सहयोगापेक्षी सडक मानव मुक्त बन्दै दोलखा"

Leave a comment

Your email address will not be published.


*