सहकारी सेवा नरोक्न अनुरोधः आंशिक रुपमा मात्र कार्यालय सञ्चालन गर्नुपर्ने

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र ९
जिल्ला सहकारी संघ लिमिटेड दोलखाले जिल्लाका विभिन्न सहकारी संस्थाहरुको सेवा नरोक्न अनुरोध गरेको छ ।
जिल्ला सहकारी संघ लिमिटेडले आइतबार प्रेश विज्ञप्ती जारी गर्दै सहकारी सेवा अत्यावश्यक सेवा भएकाले सहकारी सेवा नरोक्न अनुरोध गरेको हो ।

विश्वभर फैलिएको कोभिड १९ अर्थात् कोरोना संक्रमण नेपालमा फैलिन नदिन अत्यावश्यक सेवा बाहेक अन्य सेवा चैत्र ९ देखि २१ गतेसम्म रोक्ने सरकारको निर्णय रहेको छ । सहकारी क्षेत्र अत्यावश्यक सेवा अन्र्तगत पर्ने भएकाले सो अवधीमा पनि अर्को सुचना नआउन्जेल र जटिल परिस्थित नहुन्जेल सहकारी सेवा सुचारु सहकारीहरुले गर्नु पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अत्यन्तै सुरक्षित भएर कोरोना संक्रमण नहुने गरि सहकारी कार्यालय सञ्चालन गर्नुपर्ने छ । सहकारी सेवाबाट कोही बञ्चीत नहुने गरि तालिका मिलाएर कर्मचारी व्यवस्थापन गर्दै आंशिक रुपमा सहकारीका कार्यालय सञ्चालन गर्न विज्ञप्तीमा उल्लेख गरिएको छ । सहकारी क्षेत्र जनताको विश्वासिलो सेवा भएकाले कोरोनाको संक्रमणबाट जोगिई सहज ढंगले सहकारी सेवा प्रदान गर्न अनुरोध गरिएको छ ।

 

सहकारीका सदस्यहरुलाई अनुरोध
लिमिटेडले जिल्लाका सम्पुर्ण सहकारीका सदस्यहरुलाई कोरोनाबाट जोगिन विभिन्न सुरक्षाका उपायहरु अपनाउन अनुरोध गरेको छ ।
साथै आवश्यक बाहेका सहकारी संस्थाको आफ्नो खातामा रहेको बचत रकम फिर्ता नलिन, केही समयलाई पुग्ने खाद्यान्न लगायत उपभोग्य वस्तु व्यवस्थापन गर्न सहकारीका सदस्य एवं मानिसहरुलाई अनुरोध जिल्ला सहकरी संघ लिमिटेडले अनुरोध गरेको छ ।
त्यसैगरि आवश्यक खर्चको बाहेक रकम आफुसंग भएमा आफु सदस्य रहेको सहकारी संस्थामा गई जम्मा गरिदिन विज्ञप्ती मार्फत् अनुरोध गरिएको छ ।

 

Shares

Be the first to comment on "सहकारी सेवा नरोक्न अनुरोधः आंशिक रुपमा मात्र कार्यालय सञ्चालन गर्नुपर्ने"

Leave a comment

Your email address will not be published.


*